Madhes Khabar
राजनीति हेडलाइन

पर्सा–३ मा एमालेलाई झट्का : पूर्व प्रदेशसभा सदस्य गिरिसहितका १ सय बढी नेताहरु प्रचण्डको पार्टीमा प्रवेश

वीरगन्ज,७ पुसः पर्साका पूर्वप्रदेशसभा सदस्य, पूर्व गाँउपालिका अध्यक्षसहित नेकपा एमालेसहितका विभिन्न दलका एक सय भन्दा बढी नेताकार्यकर्ता नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

२०७४ को निर्वाचनमा पर्सा क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित मधेस प्रदेशको प्रदेश सभा सदस्यमा निर्वाचित प्रहलाद गिरि र त्यहि साल भएको स्थानीय तहको चुनावमा बिन्दवासिनी गाँउपालिकाको अध्यक्षमा निर्वाचित श्रीलाल साह कानु (मोदी) सोमबार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन् ।

२०७४ को निर्वाचनमा तत्कालीन उपेन्द्र यादव नेतृत्वको पार्टीबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका गिरि हालै सम्पन्न नेकपा एमालेको ११ औं महाधिवेशनमा केन्द्रिय सदस्यको उम्मेदवारपनि थिए ।मोदी पनि उपेन्द्र यादवकै दलबाट गाँउपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

सोमबार काठमाडौको पेरिसडाँडा स्थित नेपाली कम्युनिष्ट पार्टीको केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल,नेता मातृका प्रसाद यादव लगायतले उनिहरुलाई अबीर टीका लगाएर पार्टीमा स्वागत गरेका हुन् ।

नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश गर्ने अन्यहरुमा बिन्दवासिनी गाँउपालिकाका पूर्व वडाध्यक्ष तथा एमाले पर्साका सचिवालय सदस्य हनिफ मियाँ अन्सारी,एमाले जिल्ला सदस्य तथा बिन्दवासिनी गाँउपालिकाकै पूर्व वडाध्यक्ष सन्जय चौहान, एमालेकै बिन्दवासिनी गाँउपालिका कमिटी उपाध्यक्ष मुकेश चौरसिया , एमाले जिल्ला सदस्य गजारी साह तेली, सुसासन पार्टीकी केन्द्रिय सदस्य तथा पोखरीया नगरपालिको उपमेयरकी पूर्व उम्मेदवार विनादेवी बैठा, जनता समाजवादी पार्टीको गाँउपालिका समिति अध्यक्ष रमेश कुमार साह लगायतकापनि रहेको नेपाली कम्युनिष्ट पार्टीका नेता छोटेलाल प्रसाद यादवले जानकारी दिए।

Related posts

वीरगन्जको बहुअरीबाट ३ दिनपहिले सडकबाट उद्धार गरिएकी बेवारिसे महिलाले जन्माइन् छाेरी

MadhesKhabar

उपनिर्वाचनबाट जितेका तीन सांसदकाे शपथ ग्रहण आज

MadhesKhabar

पर्सा १ का स्वतन्त्र उम्मेदवार द्विवेदी पनि उत्रिए चुनावी प्रचारमा

MadhesKhabar

Leave a Comment