Madhes Khabar
स्थानिय

क्याम्पस प्रमुख कुशवाहाको हत्याको विरोधमा कलैयामा प्रदर्शन सुरु

तस्बिर : साझेदारी डेलीबाट

बारा,१असारःबाराको कलैयास्थित रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको गोली हानी हत्या गरिएको घटनाको विरोधमा शनिबार बिहानैदेखि कलैयामा प्रदर्शन भइरहेको छ ।

विभिन्न दलका भातृ संगठन र मृतक कुशवाहाको गाँउ आदर्श कोतवाल गाँउपालिका–२ खजुरियाबाट ट्याक्टरमा सवार भइ आएका गाँउलेहरुले कलैयाममा ठाँउ ठाँउमा टायर बालेर बजार बन्द गराउनुका साथै जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गर्दै प्रदर्शन गरिरहेका हुन् । उनिहरुले कलैया बजारको बिच सडकमै ट्याक्टर तेस्र्याएर सडक अवरुद्धपनि पारेका हुन् ।

कुशवाहालाई गोली हानी हत्या गर्ने हत्याराहरुलाई तत्काल पक्राउ गरि कारबाही गर्न, मृतकका परिवारलाई क्षतिपुर्ति दिनुपर्ने लगायतका माग राख्दै उनिहरुले शनिबार बिहानदेखि कलैयामा प्रदर्शन गरेका हुन् ।

शुक्रबार साँझ बाराकै आदर्श कोतवाल गाउँपालिका–३ बतरा टोलमा अज्ञात समुहले गोली हानी कुशवाहाको हत्या गरेको थियो । कुशवाहा, आदर्श कोतवाल गाँउपालिका–२ खजुरियाका स्थायी बासिन्दा हुन् ।खजुरिया गाँउबाट सदरमुकाम कलैया तर्फ आउने क्रममा बतरा टोलमा शुक्रबार साँझ ६ बजेतिर उनिमाथि गोली प्रहार गरिएको थियो।

कोखामा गोली लागेर गम्भीर घाइते भएका कुशवाहालाई उपचारका लागि वीरगन्जको गण्डकस्थित नारायणी बयोधा मेडिसिटी अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेका थिए । मोटरसाइकलमा सवार रहेका कुशवाहालाई मोटरसाइकलमै सवार रहेकाा अज्ञात व्यक्तिले गोली प्रहार गरी फरार भएका थिए ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले शुक्रबार नै बेलुकी २ जनालाई नियन्त्रणमा लिएको थियो । तर उनिहरुको परिचय भने प्रहरीले खुलाएको छैन ।

 

Related posts

पर्सामा १० केजी गाँजासहित माेटरसाइकल चालक पक्राउ

MadhesKhabar

वीरगन्जकाे मालपाेत कार्यालयबाट ८ जना बिचाैलिया पक्राउ

MadhesKhabar

जब सम्म लाइन कट्ने समस्या सामधान हुदैन तब सम्म इन्डक्सन चुल्होकाे प्रयाेग बढाउन सकिँदैन : मेयर सिंह

MadhesKhabar

Leave a Comment