बारा,३फाल्गुन:बाराकाे फेटा गाँउपालिकामा महिला मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको छ।महिलाको क्षेत्रमा क्रियाशिल संस्था सखी: महिलाको साथीको सहजीकरण तथा अर्जेन्ट एक्सन फाउन्डकाे आर्थिक सहयाेगमा सञ्चालित परियोजना अन्तरगत फेटा गाउँपालिकामा २१ सदस्यीय महिला मानव अधिकार रक्षक सञ्जाल गठन गरिएको हाे।
नितु कुशवाहाको संयोजकत्वमा गठित सञ्जालकाे सदस्यमा अनुपमा पाण्डेय, उमा देवी, कमलपति देवी, लक्ष्मी कुमारी यादव, सुनिता कुमारी, रुपा कुमारी राम, ज्योति कुमारी, पुजा कुशवाहा, हेमन्ती कुमारी ठाकुर, नितु शर्मा लगायतका रहेका छन् ।
फेटा गाँउपालिकाका महिलाहरुमा मानव अधिकारको आधारभुत ज्ञान अभिवृद्धि गर्ने तथा महिलाहरुको मानव अधिकारको रक्षा र वकालत गर्ने उद्देश्यले सञ्जाल गठन गरिएको सखी संस्थाकी कार्यकारी निर्देशक प्रियंका कुमारी कुशवाहाले जानकारी दिइन्।
सञ्जालका पदाधिकारी र सदस्यहरुलाई महिला मानव अधिकार सम्बन्धि पाँच दिने तालिम दिने योजना रहेको सखी संस्थाकी अध्यक्ष मधु कुशवाहाले जानकारी दिइन्।

