Madhes Khabar
स्थानिय

सिम्रौनगढका पुर्व प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टचार मुद्दा दर्ता

वीरगन्ज,३जेष्ठ : बाराको सिम्रौनगढ नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय विश्वराज मरासिनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार मरासिनीसहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

मरासिनी र तत्कालीन लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौधरीले नगरपालिकाबाट आर्थिक वर्ष २०७५/०७६ मा देवापुर माछापोखरी ठेक्कामा धरौटीबापत ९ लाख २२ हजार ५०० रुपैयाँ सम्झौता हुनुअगाडि नै फिर्ता गरी हानिनोक्सानी पु¥याएको अख्तियारको दाबी छ ।
यस्तै सिम्रौनगढ नगरपालिकाकै तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिओमप्रसाद जयसवालले पुनः देवापुर पोखरी ठेक्काको सूचना प्रकाशन गर्दा आफूखुसी ९ लाख ९५ हजार रुपैयाँ घटी राजस्व असुल गरी राजस्व हिनामिना गरेको आरोप छ ।

 

Related posts

सिम्रौनगढका निमित्त प्रमुख प्रशासकीय अधिकृत कानुविरुद्ध विशेष अदालमा भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

पटेर्वा सुगौली गाँउपालिकाकी उपाध्यक्ष महत्तो देशभरिमै उत्कृष्ट ‘सि लिड्स आइकन’ले सम्मानित

MadhesKhabar

वीरगन्जमा कर्फु उल्लंघन गर्ने ८५ जनालाई नियन्त्रणमा लिएर छाडियो

MadhesKhabar

Leave a Comment