Madhes Khabar
स्थानिय

वीरगन्जमा कर्फु उल्लंघन गर्ने ८५ जनालाई नियन्त्रणमा लिएर छाडियो

वीरगन्ज,३१चैत:शनिबारदेखि तनावग्रस्त वीरगन्जमा लगाइएको कर्फ्युलाई स्थानीय प्रशासनले निरन्तरता दिएको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार बेलुका ७:३० देखि आइतबार मध्याह्न १२ बजेसम्मका लागि जारी गरेको कर्फ्युलाई आइतबार राति १२ बजे सम्मका लागि निरन्तरता दिएको जनाएका छन् ।

आइतबार दिन भरी कर्फ्यु उल्लंघन गरेका ८५ जनालाई वीरगन्जको विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको र उनीहरूलाई साँझ आफन्त बोलाएर अबदेखि कर्फ्यु उल्लघंन नगर्ने सर्तमा आफन्तको जिम्मा लगाएर छोडिएको पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बताए ।

वीरगन्जको पूर्वमा बाइपास रोड, पश्चिम सिर्सिया पुल, उत्तर पावरहाउस चोक र दक्षिण शंकराचार्य गेटभित्रको क्षेत्रमा मात्र कर्फ्यु लगाइएको हाे ।

Related posts

पोखरिया नगरपालिकाले जागीरबाट हटाएका कर्मचारीहरु आन्दोलित, मेयरलाई बुझाए ४ बुदे ज्ञापनपत्र

MadhesKhabar

पर्सा १ र २ को मतगणना शुरु

MadhesKhabar

पर्सामा ४५ हजार भन्दा बढि मत बदर

MadhesKhabar

Leave a Comment