Madhes Khabar
स्थानिय

बारामा ढलान गर्न ठिक्क पारिएको पुल पसाहा खोलाको बाढीले बगायो

सिमरा,१८ असोजः बाराको कलैया उपमहानगरपालिका १५ स्थित खमवा–मधुवन खण्डमा निर्माणाधिन पुल पसाहा खोलामा आएको बाढीले बगाएको छ ।

दशैं अघि नै ढलान गरिसक्ने लक्ष्य सहित सम्पूर्ण काम सकेर ढलानको अन्तिम तयारी भइरहेका बेला यहि असोज १२ गते पसाहा खोलामा आएको बाढीले पुल बगाएको स्थानीय राधेश्याम सहनीले जानकारी दिए ।

सडक विभागको लागतमा निर्माणाधीन उक्त पुल मेरिना कन्ट्रक्सन÷नेशनल इन्स्ट्रक्टर जेभीले ठेक्का लिएर काम गरिरहेको थियो । पुल निर्माण गरिरहेको मेरिना÷नेशनल जेभीका बालगोपाल कँडेलका अनुसार ढलान गर्न ठिक्क पारेको पुल बगाउँदा झण्डै १ करोड रुपेयाँ भन्दा बढीको क्षती भएको छ ।

कलैया उपमहानगरपालिका वडा नम्बर १५ का वडाध्यक्ष भोरिक यादवले निर्माणाधीन पुल बाढीले बगाउँदा ठेकेदार कम्पनीले ठुलो नोक्सानी व्यहोरेको बताए।साथै स्थानीयबासीलाई समेत पुलबाट हिंड्न पाउने समय पछि सरेकोमा उनले दुःखेसो गरे ।

कलैया उपमहानगरपालिका र करैयामाई गाउँपालिका जोड्ने उक्त पुल भत्कँदा स्थानीयबासी दुःखी बनेका छन् ।

 

 

 

Related posts

५० लाख फिरौती नपाउदा वीरगन्जमा बालकको हत्या

MadhesKhabar

पर्सामा सुकुम्बासीहरुलाई जग्गा वितरण प्रकृया पारदर्शी बनाउने आयोगको प्रतिबद्धता

MadhesKhabar

सिडिओ कार्यालयको वार्तामा सहमति भएपछि अलौंको आइसिपी चोकको प्रदर्शन स्थगीत

MadhesKhabar

Leave a Comment