वीरगन्ज,१७बैशाख:वैदेशिक राेजगारीमा पठाउन दिएकाे रकम काम नभएपछि पनि फिर्ता नगरेका एजेन्टलाई अपहरण गरि बन्धक बनाएर राखेकाे आराेपमा प्रहरीले वीरगन्जबाट ४ जनालाई पक्राउ गरेकाे छ।
बाराकाे कलैया-१८ घर भएका एजेन्ट २६ वर्षीय सुधिर कुमार साहलाई बन्धक बनाएर राखेकाे आराेपमा वीरगन्जबाट ४ जना पक्राउ परेका हुन्।पक्राउ पर्नेहरुमा पर्साकाे वीरगन्ज-१२ मुर्लीका २३ वर्षीय रिकेश गुप्ता,२५ वर्षीय राजन गुप्ता,सखुवा प्रसाैनी-३ का २४ वर्षीय सिकेन्द्र साह र एक जना नाबालक रहेका छन्।नाबालक पहिचान प्रहरीले खुलाएकाे छैन।
सुधिरलाई बन्धक बनाएर राखिएको वीरगन्ज-१२ मुर्लीस्थित एक घरबाटै चारैजनालाई मंगलबारराति ९.१५ बजे पक्राउ गरिएको पर्साका प्रहरी उपरीक्षक गाैतम मिश्रले बताए ।अपहरणमा परेका सुधिरलाई पनि त्यही घरबाट सकुशल उद्दार गरिएको उनले जानकारी दिए।
पक्राउ परेका चारै जनाले वैदेशिक रोजगारीमा पठाउन सुधिरलाई रकम दिएका थिए ।तर काम नभएपछि एजेन्ट सुधिर रकम फिर्ता नगरी फरार भएका थिए।सिमावर्ती भारतमा लुकेर बसेका सुधिरलाई ठगिएका चारैजनाले बैशाख १४ गते जबरजस्ती नियन्त्रणमा लिएर वीरगन्ज ल्याएर एक हाेटेलमा र पछि मुर्लीकाे घरमा बन्धक बनाएर राखेका थिए।
प्रहरी उपरीक्षक मिश्रले भने,`भारतबाट ल्याएर सुरुमा होटलमा र पछि घरमा बन्धक बनाएर राखेका रहेछन्,’ ।भारतबाट ल्याइसकेपछि प्रहरीको जिम्मा लगाउनुकाे सट्टा बन्धक बनाएर राखेकाले उनिहरुलाई पक्राउ गरिएको उनले बताए ।
यसअघि सुधिर केही दिनदेखि सम्पर्कविहिन भएपछि उनका परिवारजनले खाेजीका लािग प्रहरी कार्यालयमा निवेदन दिएकाे थियाे।त्यही निवेदनका आधारमा खोजी गर्दै जाँदा प्रहरीले वीरगन्जको मुर्लीस्थित एक घरमा बन्धक बनाएर राखिएको अवस्थामा सुधिरलाई उद्दार गर्नुका साथै त्यसमा संलग्न चार जनालाई पक्राउ गरिएको मिश्रले बताए ।
प्रहरीका अनुसार, पक्राउ परेकाहरुले वैदेशिक राेजगारीमा पठाउनका लागि आँफुहरुले धिरजलाई रकम दिएकाे तर काम नभएपछि रकम फिर्ता नगरेकाले रिसको झोकमा उनलाई नियन्त्रणमा लिएर राखेकाे बयान प्रहरीसमझ दिएका छन् । घटनाका बारेमा अनुसन्धान भइरहेकाे मिश्रले जानकारी दिए।

