Madhes Khabar
मधेस प्रदेश राजनीति

रौतहटको मौलापुरकी मेयर साहलाई पुनर्बहाली गर्न सर्वाेच्चको अन्तरिम आदेश

काठमाडौं,२४कार्तिकःसर्वोच्च अदालतले रौतहटको मौलापुर नगरपालिकाकी मेयर रिनाकुमारी साहलाई पुनर्बहाली गर्न अन्तरिम आदेश जारी गरेको छ ।

शुक्रवार न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले निर्वाचन आयोगले साहको पद गएको भन्ने निर्णयको बदर गर्न आदेश दिएको हो । सर्वोच्चको आदेशसँगै मेयर साहको पद तत्काललाई जोगिएको छ ।

यसअघि नेकपा एमालेको सिफारिसमा निर्वाचन आयोगले मेयर साहको पद निलम्बन गरेको थियो । साह २०७९ वैशाख ३० गते भएको पालिका चुनावमा एमालेबाट मेयरमा निर्वाचित भएकी थिइन् । तर उनले एमाले छाडेपछि पार्टीले कारबाही गरेको थियो ।

Related posts

वीरगन्जमा सत्तारूढ कांग्रेसकै युवाहरुले लगाए नारा : `नालायक सरकार मुर्दावाद´

MadhesKhabar

मेयरबाट राजीनामा दिने तयारीमा बालेन शाह, कहिले दिन्छन् ?

MadhesKhabar

मधेसकाे मुख्यमन्त्री नियुक्ति विवाद: सर्वाेच्चले छलफलका लागि बाेलायाे दुवै पक्षलाई

MadhesKhabar

Leave a Comment