Madhes Khabar
मधेस प्रदेश

जनकपुरको होटलमा मृत भेटिए पुरूष र महिला

फाइल तस्बिर ।

जनकपुर,११बैशाख:जनकपुरको एक होटलमा पुरूष र महिला मृत फेला परेका छन्।

रामानन्द चोकस्थित होटल होलीडे एण्ड गेष्ट हाउसमा उनीहरू मृत फेला परेको प्रहरीले जनाएको छ।

महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर ३ का ३१ वर्षीय हितेन्द्र पासवान र लोहारपट्टी नगरपालिका वडा नम्बर ४ खट्टाकी करिब २५ वर्षीया प्रियंका कापर मृत भेटिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए।

उनीहरू पासोमा झुण्डिएको अवस्थामा मंगलबार बिहान करिब ११ बजेतिर फेला परेको प्रहरीले जनाएको छ।

उनीहरू चार दिनदेखि होटलमा बसेका रहेछन्,’ उनले भने, ‘उनीहरू श्रीमान्-श्रीमती भने होइनन्।’

कोठाभित्र ३ वर्षीया छोरी रोएको आवाज आएपछि होटलका कर्मचारीले झ्यालबाट हेर्दा दुवै जना झुण्डिएको अवस्थामा देखेका थिए।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

Related posts

मधेस चिनाउँदै ‘झिंझिया’

MadhesKhabar

मधेस प्रदेशकाे वनमन्त्रीमा रमेश कुर्मी नियुक्त

MadhesKhabar

गोतामे स्वर्णपदक पत्रकारिता पुरस्कार अन्नपूर्ण पोष्टकर्मी झाले पाउने

MadhesKhabar

Leave a Comment