Madhes Khabar
मधेस प्रदेश

आगलागीले बस्ती नै सखाप भएको मटिहानीका पिडितहरुका लागि राहत सामग्री जुट्दै

फाइल तस्बिर ।

काठमाडौं,१४बैशाखः महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछी टोलका अग्नि पीडित परिवारका लागि धमाधम राहत सामग्री जुटिरहेको छ ।

गत बुधबार भएको आगलागीले घर गुमाएका परिवारलाई विभिन्न संघ–संस्था तथा व्यवसायीले राहत सामग्री उपलब्ध गराइरहेका हुन् । आगलागीमा त्यहाँ करिब एक सय ५० वटा घरगोठ जलेका थिए ।

अग्नि पीडित परिवारलाई मटिहानी नगरपालिकाले तत्काल तयारी खाना, पानी र ओतका लागि त्रिपाल उपलब्ध गराएको छ । नगरपालिकाले चामल र पाँच हजार रुपैयाँ पनि उपलब्ध गराएको छ । यसैगरी नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले भाँडाकुँडा उपलब्ध गराएको छ । जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीले अग्नि पीडित परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैबीच सरकारले जरलहवागाछी बस्तीको आगलागी घटनाबारे वास्तविक अवस्था पहिचान गर्न टोली परिचालन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणका सहसचिव गोगनबहादुर हमाल नेतृत्वको टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य र प्राधिकरणकै उपसचिव डा. डिजन भट्टराई र डढेलो विज्ञ सुन्दर शर्मा छन् ।

बस्तीका अग्नि पीडितलाई आवश्यक राहत जुटाउन सहयोग गरिदिन मटिहानीका मेयर हरिप्रसाद मण्डलले लगातार सार्वजनिक अपिल गर्दै आएका छन् ।

Related posts

सप्तरीमा लुटपाटसँगै हत्या :‘जंगे’को सहयोगमा सूक्ष्म अनुसन्धान गरिँदै, शंकास्पद एक जना पक्राउ

MadhesKhabar

मधेसका मुख्यमन्त्री सिंहले असार २१ मा विश्वासकाे मत लिने

MadhesKhabar

वीरगन्जमा मधेस विश्वविधालय स्थापना : वीरगन्जवासीको २५ वर्ष देखिको चाहना पुरा

MadhesKhabar

Leave a Comment