Madhes Khabar
मधेस प्रदेश

आगलागीले बस्ती नै सखाप भएको मटिहानीका पिडितहरुका लागि राहत सामग्री जुट्दै

फाइल तस्बिर ।

काठमाडौं,१४बैशाखः महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवागाछी टोलका अग्नि पीडित परिवारका लागि धमाधम राहत सामग्री जुटिरहेको छ ।

गत बुधबार भएको आगलागीले घर गुमाएका परिवारलाई विभिन्न संघ–संस्था तथा व्यवसायीले राहत सामग्री उपलब्ध गराइरहेका हुन् । आगलागीमा त्यहाँ करिब एक सय ५० वटा घरगोठ जलेका थिए ।

अग्नि पीडित परिवारलाई मटिहानी नगरपालिकाले तत्काल तयारी खाना, पानी र ओतका लागि त्रिपाल उपलब्ध गराएको छ । नगरपालिकाले चामल र पाँच हजार रुपैयाँ पनि उपलब्ध गराएको छ । यसैगरी नेपाल रेडक्रस सोसाइटी महोत्तरी शाखाले भाँडाकुँडा उपलब्ध गराएको छ । जिल्ला विपद् व्यवस्थापन समिति महोत्तरीले अग्नि पीडित परिवारलाई २० हजार रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको छ ।

यसैबीच सरकारले जरलहवागाछी बस्तीको आगलागी घटनाबारे वास्तविक अवस्था पहिचान गर्न टोली परिचालन गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्था प्राधिकरणका सहसचिव गोगनबहादुर हमाल नेतृत्वको टोलीमा गृह मन्त्रालयका उपसचिव रमा आचार्य र प्राधिकरणकै उपसचिव डा. डिजन भट्टराई र डढेलो विज्ञ सुन्दर शर्मा छन् ।

बस्तीका अग्नि पीडितलाई आवश्यक राहत जुटाउन सहयोग गरिदिन मटिहानीका मेयर हरिप्रसाद मण्डलले लगातार सार्वजनिक अपिल गर्दै आएका छन् ।

Related posts

राैतहटमा सार्वजनिक जग्गाकाे विषयलाई लिएर दुई पक्षबीच झडप हुदाँ १ जनाकाे मृत्युु

MadhesKhabar

प्रहरीको गाेली लागेर मृत्यु भएका साहकाे परिवारलाई १० लाख दिने सरकारकाे निर्णय

MadhesKhabar

रौतहटमा जग्गाको विवादमा ९ वर्षीय बालकको हत्या , काका सहित २ पक्राउ

MadhesKhabar

Leave a Comment