Madhes Khabar
मधेस प्रदेश

गाैरमा जमिनमा गाडेर लुकाइएकाे गाजा बरामद

मधेसखबर
वीरगन्ज ,१७ मंसिर :नेपालबाट भारततिर प्रतिबन्धित लागू औषध गाँजा तस्करी गर्ने नयाँ तरिकाको पर्दाफास भएको छ। गाँजाको ठूलो खेप भारततिर नपठाई सीमा क्षेत्रमा जमिनमुनि भण्डारण गर्ने र क्रमशः तस्करी गर्ने गरेको रहस्योद्घाटन भएको छ।

रौतहट सदरमुकाम गौर नगरपालिका ३ स्थित नेपाल भारत सीमासँग जोडिएको एक कुखुरा फार्म छेउमै जमिन मुनिबाट प्रहरीले एक क्वीन्टल ८० किलो गाँजा बरामद गरेको छ।

मकवानपुरबाट ल्याएर कुखुरा फार्मको बालुवा भएको जमिनमा गाडेर लुकाई भागेको अवस्थामा प्रहरीले जमिनबाट खनेर गाँजा निकाल्नुका साथै ट्रक र चालकलाई पनि नियन्त्रणमा लिन सफल भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका  प्रहरी उपरीक्षक वीर बहादुर बुढा मगरका अनुसार लिजमा जमिन लिएर भारतका अफरोज मियाले सञ्चालन गरेको कुखुरा फर्मबाट ठूलो परिमाणमा गाँजा बरामद भएको हो।

कुखुरा फार्मसम्म गाँजा पुयाउने बागमती प्रदेश ०१–००६ ख २८३० नम्बरको ट्रक र ट्रक चालक मकवानपुरका सुरेन्द्र स्यांतानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कुखुरा फार्मका सञ्चालकहरू फरार भएका छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।साभार: नागरिक

Related posts

मधेस प्रदेशमा भोलि सार्वजनिक विदा

MadhesKhabar

प्रदेश २ मा १४ लाखभन्दा बढी बिरूवा रोप्ने अभियान शुरू ।

MadhesKhabar

प्राकृतिक विपदकाे सामना गर्न मधेसका ८ वटै जिल्लामा विपद उद्दार स्वंयसेवक तयार पार्दै सशस्त्र प्रहरी 

MadhesKhabar

Leave a Comment