Madhes Khabar
मधेस प्रदेश

महुवा गाउँमा कुकुरकाे आतंकले स्थानीयबासी त्रसित,२२ जना घाइते

जनकपुरधाम,५जेठ : धनुषाको जनकनन्दिनी गाउँपालिकामा कुकुरको एक हुलले जथाभावी टोक्न थालेपछि स्थानीयहरू त्रसित बनेका छन्।

जनकनन्दिनी गाउँपालिका वडा नम्बर ३ प्रखे महुवामा आइतबारदेखि नै कुकुरको एक हुलले स्थानीय बालबालिकाहरूलाई टोकेर घाइते बनाएको छ।

कुकुरले टाेकेर सोमबार महुवामा १५ जना र खजुरी विद्यालयका ७ जना विद्यार्थी गरी २२ जनालाई घाइते बनाइसकेको छ। कुकुरको हुलले गाउँमा हिँड्ने बालबालिकामाथि लम्किने, घेरा हालेर टोक्न थालेपछि स्थानीयहरू त्रसित बनेका हुन्।

कुकुरको टोकाइबाट स्थानीय ७ वर्षीय अभिराज, ५ वर्षीय गोपाल पासवान, ४ वर्षीय कविता, ४० वर्षीय उमेश साह , बोनिया महरा, किशोरी मुखिया, रामदेव सोनार, राधिका पासवान, मनोज ठाकुरलगायतलाई टोकेर घाइते बनाएको हो।

जनकनन्दिनी गाउँपालिकाकी उपाध्यक्ष कमला सहगलले घटना भएको पुष्टि गरिन्।साभार:थाहाखबर

Related posts

जिसस रौतहटको प्रमुखमा काँग्रेसका यादव विजयी

MadhesKhabar

जनकपुर पुगेर ओलीले भने : नागरिकता विधेयक ‘काम’ नलाग्ने छ, फिर्ता हुन्छ

MadhesKhabar

वीरगञ्ज महानगरको शिक्षा शाखा प्रमुखलाई विद्यार्थीले कार्यकक्षमै थुने

MadhesKhabar

Leave a Comment