Madhes Khabar
मधेस प्रदेश राजनीति

मधेस सरकारमा कांग्रेसका मन्त्रीहरुले आज शपथ लिदैं ,पर्साका क्षेत्रीले पाए कृषि मन्त्री

फाइल तस्बिर ।

वीरगन्ज,३साउनःनेपाली कांग्रेस र जनमत पार्टीबीच मन्त्रालय बाँफाँडमा सहमति जुटेपछि मधेस प्रदेश सरकारको मन्त्रीपरिषद् आज(बिहीबार) बिस्तार हुँदैछ । जनमत पार्टीसंग कांग्रेसले अर्थ मन्त्रालयसहित ४ मन्त्रालय लिने सहमति भएपछि मुख्यमन्त्री सतिशकुमार सिंहले आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

आज हुने मन्त्रीमण्डल विस्तारमा पर्साका जनार्दनसिंह क्षेत्रीले भूमि व्यवस्था, कृषि तथा सहकारी, रौतहटका सुनिल यादवले अर्थ, धनुषाका शेषनरायण यादवले उर्जा, सिँचाई तथा खानेपानी र सर्लाहीका कौशल किशोर रायले श्रम तथा यातायात मन्त्रालयको जिम्मेवारी पाउँदैछन् ।

आँफुसहित कांग्रेसका चारै जनाले आजै साँझ ६ बजे शपथ गराउने तयारी रहेको कांग्रेस पर्साका सभापति समेत रहेका क्षेत्रीले मधेसखबरलाई टेलिफोनमा जाानकारी दिए ।उनले भने,‘ म आज भर्खरमात्रै काठमाडौं आइपुगेको थिए । ।आजै साँझ ६ बजे शथप ग्रहण छ भनेर अचानक जनकपुरबाट फोन आयो । अब अपरान्ह ४ बजेको फलाइटको टिकट लिएर जनकपुर जाँदैछु ।’

मधेस सरकारमा सहभागी हुने मन्त्रीहरुको नाम कांग्रेसले एक साताअघि नै टुंगो लगाएको थियो । तर जनमत पार्टी र मुख्यमन्त्री सतिशकुमार सिंहले अर्थ मन्त्रालय आफूसँगै राख्ने अडान लिएपछि मन्त्रिपरिषद् विस्तार हुन ढिला भइरहेको थियो ।कांग्रेसले नै अर्थ मन्त्रालय पाउने निश्चित भएपछि आज मन्त्रिपरिषद् विस्तार हुन लागेको हो ।

यसअघि कांग्रेसले अर्थ मन्त्रालय आँफुले नपाए मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार गठनका लागि अर्को विकल्प खोज्ने चेतावनी दिएपछि जनमत अन्तत अर्थ मन्त्रालय कांग्रेसलाई दिन आज तयार भएको हो ।

 

Related posts

फागुन २१ को निर्वाचनपछि मुलुकले पहिलो मधेसी प्रधानमन्त्री पाउँदैछ : रास्वपा सभापति पन्त

MadhesKhabar

एमाले प्रवेश गर्दै शिवचन्द्र कुशवाहाले भने : ३० वर्षपछि फेरि आफनै घरमा फर्किए

MadhesKhabar

पर्सामा रास्वपाबाट पन्त, चौरसिया र शाक्यले पाए टिकट ,क्षेत्र नम्बर २ को भने अझै भएन फाइनल

MadhesKhabar

Leave a Comment