
मधेसखबर
वीरगन्ज,०५ मंसिर : पर्सा क्षेत्र नम्बर ४ को जारी मतगणनाको पहिलो परिणाम अनुसार प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका उम्मेदवार रमेश रिजालले शुरुवाती अग्रता लिएका छन् ।
पोखरीयामा जारी मतगणनाको पहिलो परिणाम अनुसार, २०७४ मत गनिसक्दा सक्दा गठबन्धनका साझा उम्मेदवार रिजालले ९४९ मत प्राप्त गरेका छन् । एमालेका उम्मेदवार जालिम मियाँले ८४२ मत प्राप्त गरेका छन् । मियाँ भन्दा रिजाल १०७ मतले अगाडि छन् । यस्तै राप्रपाका उम्मेदवार अवधेस प्रसाद गौरो ५० मतका साथ तेश्रो स्थानमा छन् ।
पर्सा ४ मा कूल मतदाता ९० हजार ८ सय ५१ रहेकोमा आइतबार भएको निर्वाचनमा ६२ हजार ९२ मत खसेको थियो ।

