Madhes Khabar
मधेस प्रदेश राजनीति हेडलाइन

मधेस सरकारमा कांग्रेसका ४ मन्त्री नियुक्त, पर्साका क्षेत्री बने भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री

जनकपुरधाम,३साउनः मधेस सरकारमा नेपाली कांग्रेसबाट चार मन्त्री नियुक्त भएका छन् ।मधेस सरकारमा कांग्रेसबाट भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दनसिंह क्षेत्री,अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर राय नियुक्त भएका हुन् ।

बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंहले उनीहरुलाई मन्त्री नियुक्त गर्न प्रदेश प्रमुख कार्यालयमा सिफारिस गरेपछि प्रदेश प्रमुख कार्यालयले उनीहरुको नियुक्ति गरेको हो ।

चारै जना मन्त्रीहरुकाो आजै अर्थात बिहीबार साँझ ७ बजे शपथ कार्यक्रम राखिएको छ । यस्तै जनमत पार्टीबाट विना विभागीय मन्त्री रहेका मो.सकिल अहमदलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेबारी दिइएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

लोसपासँग कुरा नमिलेपछि लोसपा भने आज सरकारमा सहभागी भएन । अब मुख्यमन्त्री सिंहसंग गृह तथा सञ्चार मन्त्रालय मात्र बाँकी छ ।साभारः अनलाइनखबर

Related posts

पर्सामा सलिम मियाँको अध्यक्षतामा समाजवादी मुस्लिम संघ गठन

MadhesKhabar

वीरगंजमा तिन दिने चित्रकला प्रर्दशनी कार्यक्रम विहीबारदेखी सुरु

MadhesKhabar

भ्रष्टचारीहरुलाई कारबाहीको माग गर्दै वीरगन्जमा जनमत पार्टीको प्रदर्शन

MadhesKhabar

Leave a Comment