Madhes Khabar
मधेस प्रदेश राजनीति हेडलाइन

मधेस सरकारमा कांग्रेसका ४ मन्त्री नियुक्त, पर्साका क्षेत्री बने भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री

जनकपुरधाम,३साउनः मधेस सरकारमा नेपाली कांग्रेसबाट चार मन्त्री नियुक्त भएका छन् ।मधेस सरकारमा कांग्रेसबाट भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रीमा पर्साका जनार्दनसिंह क्षेत्री,अर्थमन्त्रीमा रौतहटका सुनिलकुमार यादव, उर्जा सिँचाइ तथा खानेपानी मन्त्रीमा धनुषाका शेषनारायण यादव र श्रम तथा यातायात मन्त्रीमा सर्लाहीका कौशलकिशोर राय नियुक्त भएका हुन् ।

बिहीबार मुख्यमन्त्री सतिशकुमार सिंहले उनीहरुलाई मन्त्री नियुक्त गर्न प्रदेश प्रमुख कार्यालयमा सिफारिस गरेपछि प्रदेश प्रमुख कार्यालयले उनीहरुको नियुक्ति गरेको हो ।

चारै जना मन्त्रीहरुकाो आजै अर्थात बिहीबार साँझ ७ बजे शपथ कार्यक्रम राखिएको छ । यस्तै जनमत पार्टीबाट विना विभागीय मन्त्री रहेका मो.सकिल अहमदलाई उद्योग वाणिज्य तथा पर्यटन मन्त्रालयको जिम्मेबारी दिइएको मुख्यमन्त्री सचिवालय स्रोतले जनाएको छ ।

लोसपासँग कुरा नमिलेपछि लोसपा भने आज सरकारमा सहभागी भएन । अब मुख्यमन्त्री सिंहसंग गृह तथा सञ्चार मन्त्रालय मात्र बाँकी छ ।साभारः अनलाइनखबर

Related posts

कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएपछि मधेसका मुख्यमन्त्री सिंह संकटमा

MadhesKhabar

राैतहटकाे चपुरमा बसकाे ठक्करबाट एक जनाकाे मृत्यु

MadhesKhabar

माधव नेपाल रौतहट १ बाट चुनाव लड्ने

MadhesKhabar

Leave a Comment