Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्ज नाका हुदैं ७ महिनामा १९ अर्ब ८४ करोडको नयाँ सवारीसाधन भित्रियो : इभी गाडीको आयातमा भारी बृद्धि

वीरगन्ज,१८ चैतः चालू आर्थिक वर्षको ७ महिना ( साउनदेखि फागुनसम्म ) को अवधिमा वीरगन्ज नाका हुँदै १९ अर्ब ८४ करोड रुपैयाँ मूल्य बराबरको नयाँ सवारीसाधन भित्रिएका छन् ।जसबाट वीरगन्ज भन्सार कार्यालयले १५ अर्ब ४० करोड राजस्व संकलन गरेको छ ।

गत आर्थिक वर्षको त्यहि ७ महिनाको अवधिमा भने वीरगन्ज नाका हुदैं १३ अर्ब ९५ करोड रुपैयाँ मूल्यको मात्रै नयाँ सवारीसाधन नेपालमा भित्रिएको थियो । त्यसबापत वीरगन्ज भन्सार कार्यालयले १२ अर्ब १२ करोड राजस्व संकलन गरेको थियो ।

गत आर्थिक वर्षको ७ महिनाको भन्दा चालु आर्थिक वर्षको ७ महिनामा ५ अर्ब ६९ करोड रुपैयाँ बढी मूल्यको नयाँ सवारी साधन वीरगन्ज नाका हुदैं भित्रिएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ ।नयाँ सवारीसाधनको आयात बापत गत आर्थिक वर्षको भन्दा चालु आर्थिक वर्षको ७ महिनामा ३ अर्ब २८ करोड रुपैयाँ बढी राजस्व संकलन गरिएको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले जानकारी दिए ।

उनका अनुसार ,चालू आर्थिक वर्षको ७ महिनाको अवधिमा वीरगन्ज नाका हुदैं १ अर्ब ४८ करोड ६४ लाख रुपैयाँ मूल्यको ४ सय ९७ वटा विद्युतबाट चल्ने जिप, कार र भ्यान आयात भएका छन् । जसबापत भन्सार कार्यालयले ९६ करोड ३६ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । गत आर्थिक वर्षको सोही ७ महिनाको अवधिमा भने ४३ करोड १० लाख रुपैयाँ मूल्यको १ सय ६५ वटा विद्युतीय जिप, कार र भ्यान आयात भएकोमा त्यसबापत ३५ करोड ५० लाख रुपैयाँ राजस्व संकलन भएको थियो । गत आर्थिक वर्षको ७ महिनाको भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५ करोड बढी मूल्यको अर्थात २ सय १७ प्रतिशतले बढी विद्युतीय जिप, कार र भ्यान आयात भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको ७ महिनाको भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा ३ सय ३२ वटा बढी विद्युतीय जिप, कार र भ्यान आयात भएको हो ।

यस्तै चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा वीरगन्ज नाका हुदैं ८० करोड ५७ लाख रुपैयाँ मुल्य बराबरको ६ हजार १२८ वटा विद्युतीय मोटरसाइकल आयात भएको छ । त्यसबापत २६ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन भएको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । जबकि गत आर्थिक वर्षको सोही अवधिमा यो नाका हुदैं ४४ करोड ३० लाख रुपैयाँ मूल्यको ३ हजार ३७४ वटा विद्युतीय मोटरसाइकल आयात भएको र त्यसबापत भन्सार कार्यालयले १४ करोड ३० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो । गत आर्थिक वर्षको ७ महिनाको भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा ३६ करोड २७ लाख बढी मूल्यको अर्थात ८७ प्रतिशत बढी विद्युतीय मोटरसाइकल आयात भएको वीरुगन्ज भन्सार कार्यालयले जनाएको छ । गत आर्थिक वर्षको ७ महिनाको भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा २ हजार ७ सय ५४ वटा बढी विद्युतीय मोटरसाइकल आयात भएको हो ।

चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा वीरगन्ज नाका हुदैं १ अर्ब १६ करोड १३ लाख रुपैयाँ मूल्य बराबरको ६ सय ९ वटा इन्धन (डिजेल र पेटोल) बाट चल्ने जिप, कार र भ्यान आयात भएको छ । त्यसबापत भन्सार कार्यालयले २ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।गत आर्थिक वर्षको यहि ७ महिनामा भने वीरगन्ज नाका हुदैं १ अर्ब ५० करोड रुपैयाँ मूल्यको ७ सय ४८ वटा इन्धन(डिजेल र पेटोल) बाट चल्ने जिप, कार र भ्यान आयात भएको थियो । त्यसबापत भन्सार कार्यालयले ३ अर्ब ७३ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो ।

यसैगरि चालु आर्थिक वर्षको ७ महिनाको अवधिमै वीरगन्ज नाका हुदैं इन्धन (पेटोल) बाट चल्ने ५५ करोड रुपैयाँ मूल्य बराबरको ५ हजार ३४७ वटा मोटरसाइकल आयात भएको छ । जसबापत वीरगन्ज भन्सार कार्यालयलाई ६९ करोड ५३ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।गत आर्थिक वर्षको सोही अवधिमा भने वीरगन्ज नाका हुदैं इन्धन (पेटोल) बाट चल्ने २७ करोड २० लाख रुपैयाँ मूल्यको २ हजार ८१८ वटा मोटरसाइकल भित्रिएकोमा त्यसबापत भन्सार कार्यालयले ३४ करोड २० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो ।

Related posts

डिजेल र मट्टीतेलको मूल्य बढ्यो

MadhesKhabar

पर्सा–१ मा जीतको ‘ह्याट्रीक’ गर्ने दाउमा पूर्वमन्त्री यादव

MadhesKhabar

साउन लागेसँगै वीरगन्जमा घट्याे कुखुराकाे मासुकाे मूल्य

MadhesKhabar

Leave a Comment