Madhes Khabar
अर्थतन्‍त्र

साउन लागेसँगै वीरगन्जमा घट्याे कुखुराकाे मासुकाे मूल्य

वीरगन्ज,७साउन:वीरगन्जसहित देशभर ब्राेइलर कुखुराको मासुको मूल्य घटेको छ । साउन महिना लागेसँगै मासुकाे खपत घटेकाले वीरगन्जमा कुखुराको मासुको मूल्य प्रतिकिलो १ सय देखि १२० रुपैयाँले घटेको हो ।

असार अन्तिमसम्म वीरगन्जमा ४२० रुपैयाँ प्रतिकिलो पर्ने कुखुराकाे मासुको खुद्रा मूल्य हाल घटेर २८० देखि ३०० रुपैयाँ पुगेको छ ।

अहिले बजारमा कूल उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भइरहेको कुखुरा पालक किसानहरुले बताएका छन् ।

असार मसान्तसम्म ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय २७० रुपैयाँ थियो । हाल जिउँदो कुखुराकाे किलाेकाे मूल्य २२० रुपैयाँ मूल्य रहेको छ ।

Related posts

सुनको भाउ निरन्तर ओरालो लाग्दै : आज तोलामा १ हजार ३ सय रुपैयाँले घट्यो

MadhesKhabar

सुनचाँदी व्यवसायीहरुको चेतावनी : माग पूरा नगरे असार २ गतेदेखि थप आन्दोलन हुन्छ

MadhesKhabar

बचतकर्ताको रकम हिनामिना गर्ने सानो पाइला सहकारीमा वीरगन्ज महानगरको शिलबन्दी

MadhesKhabar

Leave a Comment