Madhes Khabar
अर्थतन्‍त्र

साउन लागेसँगै वीरगन्जमा घट्याे कुखुराकाे मासुकाे मूल्य

वीरगन्ज,७साउन:वीरगन्जसहित देशभर ब्राेइलर कुखुराको मासुको मूल्य घटेको छ । साउन महिना लागेसँगै मासुकाे खपत घटेकाले वीरगन्जमा कुखुराको मासुको मूल्य प्रतिकिलो १ सय देखि १२० रुपैयाँले घटेको हो ।

असार अन्तिमसम्म वीरगन्जमा ४२० रुपैयाँ प्रतिकिलो पर्ने कुखुराकाे मासुको खुद्रा मूल्य हाल घटेर २८० देखि ३०० रुपैयाँ पुगेको छ ।

अहिले बजारमा कूल उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भइरहेको कुखुरा पालक किसानहरुले बताएका छन् ।

असार मसान्तसम्म ज्युँदो कुखुराको मूल्य प्रतिकिलो दुई सय २७० रुपैयाँ थियो । हाल जिउँदो कुखुराकाे किलाेकाे मूल्य २२० रुपैयाँ मूल्य रहेको छ ।

Related posts

वीरगन्ज महानगरपालिकाद्वारा पाँच महिनामा गत वर्षको भन्दा ४ करोड बढी राजश्व संकलन

MadhesKhabar

वीरगन्ज नाकामा रहेका दुवै भन्सार कार्यालयको राजस्व संकलन बढ्यो

MadhesKhabar

माछाको तस्करी बढेपछि वीरगन्जका व्यपारी समस्यामा

MadhesKhabar

Leave a Comment