Madhes Khabar
अर्थतन्‍त्र

सार्वजनिक यातायातको भाडा बढ्यो, वीरगन्जबाट जाँदा कहाँ कति बढ्यो? (सूचीसहित )

काठमाडौ,२२पुसः सरकारले सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ। आजैदेखि लागू हुनेगरी सरकारले भाडा बढाएको हो।
यातायात व्यवस्था विभागले विज्ञप्ति जारी गरेर सार्वजनिक यातायातको भाडा ३ः३० प्रतिशतले वृद्धि गरेको जानकारी दिएको छ।

त्यस्तै मालबाहक सवारीसाधनको पनि भाडा वृद्धि गरिएको छ। पहाडी बाटोमा सञ्चालन हुने सवारीमा ०.८१ प्रतिशत र तराई–मधेसमा चल्ने सवारीमा ०.०५ प्रतिशत भाडा वृद्धि गरिएको हो।

विगतमा सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरूको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण गरिँदै आएको छ।

सार्वजनिक यातायात सञ्चालनसँग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा यातायात विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरूसँग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायातका श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, सञ्चालन खर्च, हाककट्टी र सञ्चालन मुनाफालगायतमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका सवारीको भाडा समायोजन गरिएको विभागले जानकारी दिएको छ।

’नेपालको संविधान २०७२ को अनुसूची ५ को बुँदा नं २० र अनुसूची ९ को बुँदा नं १५ का आधारमा नेपाल सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा (१) बमोजिम सोही ऐनको दफा १५३ को खण्ड (घ) ले दिएको अधिकार प्रयोग गरी दुई वा सो भन्दा बढी प्रदेश भई सञ्चालन हुने (राष्ट्रियस्तरका सार्वजनिक यातायातका रुटमा सञ्चालन हुने) सार्वजनिक यातायातका सवारीहरुको भाडादर यस विभागको मिति २०८१।०९।२२ को निर्णयानुसार सोही मितिदेखि लागु हुने गरी देहाय अनुसार भाडादर समायोजन गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ।साभार : अन्नपूर्णपोष्ट

 

 

Related posts

तोडफोड र आगजनीबाट वीरगन्जको आन्तरिक राजस्व कार्यालयको उपकरणमा १ करोडको क्षति

MadhesKhabar

शिलान्यास भएकाे ६ वर्षपछि सिमरा सेजमा खुल्याे पहिलाे उद्योग

MadhesKhabar

आगामी आर्थिक वर्ष २०७९/ ८० का लागि करिब १८ खर्बको बजेट सार्वजनिक

MadhesKhabar

Leave a Comment