Madhes Khabar
अर्थतन्‍त्र

डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर १० रुपैयाले घट्यो

मधेस खबर
वीरगन्ज,१८जेठ
:सरकारले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १० ÷१० रुपैयाँका दरले पूर्वाधार कर घटाउने निर्णय गरिएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
श्रोतका अनुसार अर्थ मन्त्रालयले डिजेल र पेट्रोलमा लिटरमा १० ÷१० रुपैयाले घटाएर उद्योग मन्त्रालयलाई मंगलबार पत्र पठाएको र अब मूल्य घटाउने वा निगमको घाटा घटाउने निर्णय उद्योग वाणिज्य मन्त्रालयले गर्नेछ ।
डिजेल र पेट्रोलमा लगाइएको पूर्वाधार कर घटेसँगै मूल्य पनि समायोजन हुनेछ अर्थात मुल्य पनि घट्नेछ ।
पछिल्लो पटकको मूल्य वृद्धिपछि पेट्रोलमा सरकारले एक लिटरमा लिने कर ६३ रुपैयाँ २३ पैसा पुगेको थियो । यस्तै डिजेलमा ४५ रुपैयाँ ९१ पैसा कर लाग्छ उठाउने गरेको छ भने मट्टीतेलमा १३ रुपैयाँ ६६ पैसा कर लाग्छ ।यस्तै, खाना पकाउने ग्याँसमा ३२७ रुपैयाँ ३७ पैसा राजश्व सरकारले उठाउने गरेको छ भने हवाइ इन्धन आन्तरिकमा २३ रुपैयाँ ३२ पैसा र बाह्यतर्फ २ रुपैयाँ ५१ पैसा कर लाग्छ ।
सरकारी भन्सार शुल्क, कर र मूल्य स्थिरीकरण कोष शुल्क सबै पट्रोलियम प्रडक्टमा भन्सार विन्दुमै लाग्छ । यस्तै डिजेल र पेट्रोलमा सडक मर्मत, प्रदूषण शूल्क, पूर्वाधार कर अतिरिक्त लाग्छ ।
यसरी करकै कारण भारतीय आयल कर्पोरेसनसँग प्रतिलिटर ११७ रुपैयाँ १८ पैसामा खरिद गरेको पेट्रोलमा ६३ रुपैयाँ २३ पैसा थप हुन्छ ।
यस्तै पेट्रोलमा १५ रुपैयाँ १७ पैसा ढुवानी, प्राविधिक नोक्सानीमा थप हुँदा निगमको लागत पेट्रोलमा १९४ रुपैयाँ पुग्छ । यस्तै १३४ रुपैयाँ ५४ पैसामा किनेको डिजेलमा सम्पूर्ण सरकारी राजश्व ४५ रुपैयाँ ९१ पैसा थप हुन्छ भने अन्य नोक्ब्सानी र ढुवानीको खर्च लिटरमा ७ रुपैयाँ थप हुन्छ । जसका कारण डिजेलको लागत १८९ रुपैयाँ ८२ पैसा पुगेको निगमको जनाएको छ ।
मूल्य घट्दा बढाइको थियो कर
आर्थिक वर्ष २०७६÷७७ मा पेट्रोलियम पदार्थको मूल्य ओरोलो लागेको मौका पारी तत्कालिन अर्थमन्त्री डा युवराज खतिवडाले डिजेल र पेट्रोलमा १५ रुपैयाँ पूर्वाधार कर वृद्धि गरेका थिए । उपभोक्ता मूल्यमा असर नपर्ने गरी सरकारले कर लगाएको उनको दाबी अन्तत जनताको उपभोक्ता मूल्यमै आएर जोडिएको छ ।

नेपालमा पेट्रोलियम आयात हुँदा भन्सार बिन्दुमै सरकारले उठाउने उक्त शुल्क अहिले उपभोक्ता मूल्यमै जोडिएको छ । तर, यसलाई संशोधन गर्नेबारे वर्तमान अर्थमन्त्री मौन छन् । अहिले पेट्रोल र डिजेलको उच्च मूल्य कम गर्न खतिवडाले बढाएको कर घटाए मात्रै पनि डिजेल र पेट्रोलमा उपभोक्तालाई लिटरमा १५ रुपैयाँ राहत पुग्ने उपभोक्ता अधिकारकर्मी ज्यषेति बानियाँ बताउँछन् ।
गत असारमा आयल निगम सञ्चालक समितिले तेलको अन्तर्राष्ट्रिय मूल्य बढ्दै गएपछि पूर्वाधार कर ५ रुपैयाँ घटाउने निर्णय गरेर अर्थ मन्त्रालय पठाएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । तर, उक्त प्रस्तावमा अर्थ मन्त्रालयले कुनै सुनुवाइ गरेको छैन ।साभारः अनलााइनखबर

Related posts

सिमेन्टको मूल्य दोब्बरले बढेपछि बारा–पर्सामा निर्माण कार्य प्रभावित

MadhesKhabar

महशुल नतिर्ने बाराका उद्योगहरुकाे विद्युत लाइन काटिएपछि मजदुरहरु प्रदर्शनमा

MadhesKhabar

भारत सरकारको अनुदानमा नेपालमा थप दुई पेट्रोलियम पाइपलाइन बन्ने निश्चित

MadhesKhabar

Leave a Comment