Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

पेट्रोलियम पदार्थको मुल्यमा फेरि वृद्धि , ग्याँसकाे भाउ अब २ हजार ११० रुपैयाँ

वीरगन्ज,१३असाेज: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि गरेको छ ।

शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २ सय १५ रुपैयाँ मुल्य बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ ।

यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर अब २ हजार १ सय १० रुपैयाँ पुगेको छ । पेट्रोलको मूल्य पहिलो वर्ग (चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोबाट बिक्री हुने ठाउँ) मा प्रतिलिटिर १८२.५ रुपैयाँ, दोस्रो बर्ग (सुर्खेत र दाङ) मा १८४ रुपैयाँ र काठमाडौं, पोखरा र दिपायलमा १८५ रुपैयाँ पुगेको छ ।

Related posts

मधेस सरकारकाे अनियमित रकमान्तरको विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन

MadhesKhabar

पर्सा–बाराको गण्डक नहरमा भारतले फेरि दिन थाल्यो पानी

MadhesKhabar

मधेसका मुख्यमन्त्री यादवलाई शतप्रतिशत विश्वासको मत

MadhesKhabar

Leave a Comment