Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

वीरगन्जमा पनि बढ्याे अण्डाकाे थाेक र खुद्रा मूल्य

चितवन,३जेठ: गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक सङ्घले आज अण्डाको समर्थन मूल्य बढाएको हो । सङ्घका अनुसार ठूलो अण्डा प्रतिक्रेट ५१५ रुपैयाँ र मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४८५ रुपैयाँ (फार्म दर) कायम गरिएको छ ।

सङ्घका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य भने प्रतिगोटा २५ रुपैयाँ कायम गरिएको छ । यसअघि ठूलो अण्डा ४८५ रुपैयाँ र मध्यम अण्डा ४३५ रुपैयाँ प्रतिक्रेट कायम गरिएको उनले बताए। नेपाल लेयर्स कुखुरापालक सङ्घका अध्यक्ष विनोद पोखरेलले दुई दिने बिदाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताए । उनले भने, ‘किसान कुखुरापालन पेसाबाट पलायन हुँदा जनशक्तिको अभाव छ । कुखुरामा विभिन्न रोग लागेर मरेका छन्, जसले अण्डाको उत्पादन घटेको छ ।’

अण्डाको लागत मूल्य प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पर्ने जनाउँदै अध्यक्ष पोखरेलले किसानले अझै लागत मूल्य पाउन नसकेका बताए । अण्डा उत्पादन गर्दै आएका विभिन्न कृषि फार्मले जारी गरेको मूल्यको आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन मूल्य जारी गर्दै आएको उनले जानकारी दिए ।

फार्महरूको मूल्यलाई समायोजन गरेर समर्थन मूल्य जारी गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए ।उनका अनुसार शिवम् पोल्ट्री वीरगन्जको ठूलो अण्डा प्रतिपेटी तीन हजार ९६० रुपैयाँ र मझौला अण्डा प्रतिपेटी तीन हजार ७६० रुपैयाँ , लक्ष्य पोल्ट्री चितवनको ठूलो अण्डा प्रतिपेटी तीन हजार ९८० रुपैयाँ, मझौला तीन हजार ७८०, खजाना एग्रो दाङको ठूलो अण्डा प्रतिपेटी र तीन हजार ९७५, मझौला तीन हजार ७७५, नेशनल काजी एग्रो कैलालीको ठूलो अण्डा प्रतिपेटी तीन हजार ९६५, मझौला र तीन हजार ७६५ रुपैयाँ मूल्य कायम गरिएको छ ।

Related posts

छठमा पनि घटेन सिर्सिया नदीको प्रदूषण: स्थानीयबासी आक्राेशित

MadhesKhabar

पर्साका पत्रकार त्रिपाठी र खड्कालाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

MadhesKhabar

आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

MadhesKhabar

Leave a Comment