Madhes Khabar
राष्ट्रिय हेडलाइन

पर्साका पत्रकार त्रिपाठी र खड्कालाई प्रेस काउन्सिल पत्रकारिता पुरस्कार

वीरगन्ज,४असाेज: प्रेस काउन्सिल नेपालले आफ्नो स्थापना दिवसका अवसरमा हरेक वर्ष प्रदान गर्दै आएकाे पत्रकारिता पुरस्कार यस वर्ष पर्साका पनि दुई जना पत्रकारले पाउने भएका छन् ।

५४ ओैं स्थापना दिवसका अवसरमा प्रेस काउन्सिलले पर्साका पत्रकार रितेश त्रिपाठीलाई प्रेस काउन्सिल समावेशीता पत्रकारिता पुरस्कार र युवराज खड्कालाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार दिने घाेषणा गरेकाे हाे ।

प्रेस काउन्सिलकाे स्थापना दिवसका दिन असाेज ६ गते काठमाडौंमा राष्ट्रपति रामचन्द्र पाैडेलकाे प्रमुख आतिथ्यतामा हुने समारोहमा दुवै पत्रकारलाई उक्त पुरस्कार प्रदान गरिने प्रेस काउन्सिलले जनाएको छ ।

प्रेस काउन्सिलले उक्त कार्यक्रममा विभिन्न विधामा अन्य पत्रकारलाई पनि पुरस्कृत गरिने जनाएको छ ।

Related posts

वीरगन्जमा राजस्व अनुसन्धान विभागको रहस्यमय छापामारी जारी,आजपनि एक घरमा शिलबन्दी

MadhesKhabar

पूर्व वडाध्यक्ष अहिर एमालेमा दुई दिन पनि टिकेनन् , फेरि काँग्रेसमै फर्किए

MadhesKhabar

वीरगन्जका मतदाता भन्छन् : प्रदीप यादव काम गर्ने नेता हुन् ,यसपालि फेरि जिताउछौ

MadhesKhabar

Leave a Comment