Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

नयाँ सरकार बनेकै दिन बढ्याे पेट्रोलियम पदार्थको मूल्य

वीरगन्ज,३१असाेज:नयाँ सरकार बनेकै दिन पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि भएकाे छ।साेमबार कांग्रेस,एमाले सहित चार दलकाे सहभागितामा केपी शर्मा ओेली नेतृत्वको सरकार बनेकाे दिन नै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हाे ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आएपछि नेपाल आयल निगमले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाइएको जनाएको छ ।

आयल निगमले साेमबा राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।

आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ ।

Related posts

१ सय ३१ वर्षको यात्रा पुरा गरेको नारायणी अस्पतालले दिनहुँ दिन्छ १३ सय बढी बिरामीलाई सेवा

MadhesKhabar

वीरगन्जमा गुरु नानक सेवा प्रतिष्ठानले सञ्चालन गरेकाे शिविरबाट ८०० बालबालिका लाभान्वित

MadhesKhabar

पर्सा : धानबारीमा लुकाएर राखिएको ४५० थान मोबाइल सशस्त्र प्रहरीद्वारा बरामद

MadhesKhabar

Leave a Comment