Madhes Khabar
अर्थतन्‍त्र हेडलाइन

नयाँ सरकार बनेकै दिन बढ्याे पेट्रोलियम पदार्थको मूल्य

वीरगन्ज,३१असाेज:नयाँ सरकार बनेकै दिन पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि भएकाे छ।साेमबार कांग्रेस,एमाले सहित चार दलकाे सहभागितामा केपी शर्मा ओेली नेतृत्वको सरकार बनेकाे दिन नै नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हाे ।

इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट मूल्य बढेर आएपछि नेपाल आयल निगमले नेपालमा पनि पेट्रोलियम पदार्थको मूल्य बढाइएको जनाएको छ ।

आयल निगमले साेमबा राति १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले बढाएको हो ।

आयल निगमले खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ ।

Related posts

वीरगञ्ज कृषि औजार कारखाना आविष्कार केन्द्रलाई हस्तान्तरण , तर अझ सरकारकै भर

MadhesKhabar

वीरगन्जमा यस वर्षपनि ‘गहवामाई रथ यात्रा’ भव्य रुपमा निकालिने

MadhesKhabar

वीरगन्जमा ४० लाखको सामान सहित ट्रक र ट्याक्टर पक्राउ

MadhesKhabar

Leave a Comment