
वीरगन्ज,६जेठःवीरगन्जमा यस वर्षपनि गहवामाई रथ यात्रा भव्य रुपमा निकाल्ने तयारी भइरहेको छ ।वीरगन्जमा हरेक वर्ष झै यस वर्षपनि अषाढ शुक्लपक्ष द्वितियाको दिन अर्थात आगामी असार १३ गते गहवामाई रथ यात्रा निकालिने भएको छ ।
त्यसका लागि अहिलेदेखि नै तयारी सुरु गरिसकिएको गहवा माई तीर्थ क्षेत्र विकास समितिका अध्यक्ष श्यामकुमार पोखरेलले जानकारी दिए । उनका अनुसार, गत बैशाख २० गते बसेको बैठकले विश्व प्रसिद्ध गहवामाई मन्दिर क्षेत्रको मुलभुत विकास तथा राष्ट्रिय÷अन्तराष्ट्रिय स्तरमा पर्यटकीय क्षेत्रको ख्यातिपुर्ण रुपले प्रचार प्रसार तथा सनातनी आस्थाको समेत केन्द्रबिन्दुको रुपमा रहेको मधेस प्रदेशको एक मात्र पहिलो श्री गहवामाई रथ यात्रा असार १३ गते निकाल्ने निर्णय गरेको छ । यस्तै ५६ भोग, लगायत महाप्रसाद–भण्डारा असार १४ गते हुने पोखरेलले जानकारी दिए ।
गहवामाई रथ यात्रा आयोजनका लागि विभिन्न समितिका संयोजकहरु तेकिएको छ । जसअनुसार,झाँकी तथा साँस्कृतिक समितिको संयोजकमा देवानन्द प्रसाद कलवार,आर्थिक संकलन समितिको संयोजकमा लक्ष्मीनारायण गुप्ता (पप्पु गुप्ता), भण्डरा समितिको संयोजकमा रविशंकर अग्रवाल, ५६ भोग समितिको संयोजकमा अनुप कुमार अग्रवाल,प्रचार प्रसार समितिको संयोजकमा शम्भु प्रसाद कलवार,स्वयंसेवक परिचालन समितिको संयोजकमा श्याम प्रसाद गुप्ता, धार्मिक समन्वय समितिको संयोजकमा दिपेन्द्र प्रसाद गुप्ता (दिपु),सम्मान कार्यक्रम छनौट समितिको संयोजकमा डा. पुरुषोतम दुबे (ज्योतिष सम्राट) रहेका छन् ।

