Madhes Khabar
राजनीति हेडलाइन

विकास र समृद्धिका लागि शिक्षामा सुधार गर्नु मेरो मुख्य एजेण्डा हो : प्रदीप यादव

मधेसखबर
वीरगन्ज, २४ कार्तिक : पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रदीप यादवले शिक्षा क्षेत्रमा सुधार गर्दै पर्सावासीलाई समृद्धि तर्फ अगाडी बढाउनु आफ्नो प्रमुख एजेण्डा भएको बताएका छन् ।

बिहिबार वीरगन्ज महानगरपालिकाको वडा नम्बर १८ को सौराहा र वडा नम्बर २० को अपौनीमा चुनावी घरदैलो गर्दै जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादवले विकास र समृद्धिको सबैभन्दा महत्वपूर्ण कडी शिक्षा भएकोले यस क्षेत्रको सुधार आफ्नो प्रमुख एजेण्डा भएको बताए ।
वर्तमान शैक्षिक प्रणालीमा सुधार गर्न आजको आवश्यकता भएको बताउँदै यादवले भने, ‘शिक्षामा लगानी वृद्धि गर्दै शैक्षिक प्रणालीको सुदृढीकरणक, प्राविधिक शिक्षामा जोड र वीरगञ्जमा प्राविधिक शैक्षिक संस्थाको स्थापना र कृषि तथा ईन्जिनियरिङ्ग कलेजको स्थापनाका लागि पहल गर्छु ।’

संसद्का रुपमा निर्वाचित भए पश्चात वीरगन्जलाई शिक्षाको हवका रुपमा विकास गर्न राष्ट्रिय र अन्तराष्ट्रिय लगानी भित्र्याउने वातावरण सृजना गर्नका निमित्त सदन मार्फत आवाज उठाउने उनले प्रतिवद्धता व्यक्त गरे ।
‘छिमेकी मुलकहरु भारत, बङ्गलादेश, चिन आज शिक्षाको हवका रुपमा चिनिन्छन् तर नेपालले त्यस्तो गर्न सकेको छैन । वीरगन्जलाई शिक्षाको हवका रुपमा विकास गर्न म पहल गर्छु । जसले यहाँ लगानी त भित्रिन्छ नै, यहाँका स्थानीयहरुका लागि अन्य अवसरहरु पनि सृजना हुन्छन्,’ पूर्वमन्त्री समेत रहेका यादवले भने ।

त्यसैगरी यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न शिक्षक दरवन्दी व्यवस्थापन तथा आवश्यक भौतिक संरचना निर्माणका लागि पनि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले शैक्षिक क्षेत्रमा हुने बन्द हड्ताल र अवाञ्छित गतिविधिलाई निरुत्साहित पार्दै शैक्षिक क्षेत्रको विकृति र भ्रष्टचारलाई निर्मुल पार्न पनि आफूले काम गर्ने बताए ।

कार्यक्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार विचारी प्रसाद यादव लगायत जसपा र एमालेका नेताहरुको उल्लेख्य संख्यामा सहभागिता रहेको थियो । घरदैलोका क्रममा यादवका समर्थकहरुले प्रदीप यादव जिन्दावाद, छाता छाप जिन्दावाद, छाता छापमा मतदान गरौँ जस्ता नारा पनि लगाएका थिए ।

Related posts

पर्सामा चट्याङ  लागेर एक बालककाे मृत्यु, तीन जना घाईते

MadhesKhabar

पर्सामा बाघकाे आक्रमणबाट घाँस काट्न गएकी महिला घाइते

MadhesKhabar

नेविसंघले पर्साका १४ वटै पालिकामा खटायो प्रतिनिधी

MadhesKhabar

Leave a Comment