Madhes Khabar
स्थानिय हेडलाइन

बारामा प्रहरीका भान्से रुम्बाको हत्या प्रकरण: अनुसन्धान विभागका अधिकृतसहित ३ जना पक्राउ

बारा,१४पुस: बारामा नेपाल प्रहरीका कार्यालय सहयोगी(भान्से) राजकुमार रुम्बाको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएर आइतबार सार्वजनिक गरेकाे छ ।

पक्राउ पर्नेहरूमा बाराकै जीतपुरसिमरा उपमहानगरपालिका-१९ घर भएका २७ वर्षीय पुरुषोत्तम कुमार दास, २० वर्षीय इन्द्रजित कुमार चौहान र महोत्तरीकाे जलेश्वर नगरपालिका-३ घर भएका श्रीकान्त तिवारी रहेका छन्।पक्राउ परेका तिवारी राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत हुन्।दास जय माँ इन्जिनियरिङ वर्कसपका सञ्चालक हुन् भने चौहान जीतपुरसिमरा उपमहानगरपालिका – १९ का बासिन्दा हुन् ।

जीतपुरसिमरा उपमहानगरपालिका – ११ स्थित बकुलिया–रमौली लोसन्डा सडक खण्डको छेउमा पुस ६ गते बिहान बागमती प्रदेश ०१-०२८ च ७६१६ नम्बरको कारमा रुम्बा चालक बस्ने सिटमा मृत भेटिएका थिए।ईलाका प्रहरी कार्यालय सिमरामा दरबन्दी भएका रुम्बा सिमरा विमानस्थलमा सुरक्षा गार्डका रूपमा कार्यरत थिए ।

मृतकको शव पाेष्टमार्टमका क्रममा उनको टाउकोमा गोली प्रहार भएको पुष्टि भएको थियाे ।

मृतक रुम्बा र पक्राउ परेकाहरूबिच पहिलेदेखि नै विवाद रहेको अनुसन्धानका क्रममा खुलेकाे प्रहरीले जनाएको छ।

पक्राउ परेका व्यक्तिहरुविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

Related posts

पर्साकाे चमरी टाेलमा आगलागीबाट चार घर जलेर नष्ट

MadhesKhabar

रौतहटमा कार्यरत असई रागनी यादव देशभरमै ”सर्वोत्कृष्ट प्रहरी” घोषित

MadhesKhabar

वीरगन्ज क्षेत्रको विद्युत आपूर्ति सुधार्न ठुला क्षमताका प्रसारण लाइन तथा सबस्टेसन बन्दै

MadhesKhabar

Leave a Comment