Madhes Khabar
शिक्षा हेडलाइन

यसवर्षको एसईईमा पर्सा जिल्लाबाट साढे १२ हजार विद्यार्थी सहभागी हुदैं

फाइल तस्बिर।

वीरगन्ज,२९फागुनःआगामी चैत गतेदेखि सुरु हुने यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा पर्सा जिल्लाबाट १२ हजार भन्दा बढि विद्यार्थी सहभागी हुने भएका छन्।

एसईईमा पर्सा जिल्लाबाट १२ हजार ६ सय ३७ जना विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाई पर्साका प्रमुख हरि राउतले जानकारी दिए। जिल्लामा रहेका सामुदायिक र संस्थागत गरी १ सय ४८ वटा विद्यालयका गरी १२ हजार ६ सय ३७ जना विद्यार्थी एसईईमा सहभागी हुने उनले बताए । उनका अनुसार, एसईईका लागि जिल्लाभरीमा २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
त्यसका लागि २९ जना केन्द्राध्यक्ष र ६९ जना सहायक केन्द्राध्यक्ष तोकिएको छ भने ६ सय २९ जना निरिक्षक, १ सय १४ जना परीक्षा सहायक, दुईसय ४० जना कार्यालय सहयोगी परिचालन गरिने राउतले बताए । यस्तै सबै परीक्षाकेन्द्रमा गरी ४ सय ३५ जना प्रहरीपनि खटिने राउतले जानकाारी दिए।

Related posts

कक्षा ११ को रजिस्ट्रेसन आवेदन फाराम खुला

MadhesKhabar

शिक्षकहरुकाे आन्दाेलनमा प्रदेश सभा सदस्य पटेलकाे ऐक्यबद्धता

MadhesKhabar

काँग्रेसले आफ्नो चुनावी घोषणापत्र आगामी आईतबार सार्वजनिक गर्दै

MadhesKhabar

Leave a Comment