Madhes Khabar
स्थानिय

कलैयामा स्कुल बसकाे ठक्करबाट ३ वर्षिय बालककाे मृत्युु

वीरगन्ज ,३चैत: बाराको कलैयामा शुक्रबार बिहान स्कुल बसको ठक्करबाट एक बालकको मृत्युु भएकाे छ ।

मृत्युु हुनेमा कलैया उपमहानगरपालिका–१ मोतीबागका विनोद साह सोनारका छोरा तीन वर्षीय कार्तिक साह साेनार रहेका छन् ।

वीरगन्जमा रहेको गुरुकूल एकेडमीको ना २ ख ४२१० नम्बरको बसले मोतीबागमै बिहान ठक्कर दिएका बालककाे घटनास्थलमै मृत्युु भएकाे बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Related posts

पानीको समस्या समाधान गर्ने निरन्तर प्रयासमा वीरगन्ज महानगर

MadhesKhabar

वीरगन्जमा १ वर्षअघि विहे भाँडिएको प्रकरण : बेहुलासहितका ५ जनालाई ६/६ महिना कैदको फैसला

MadhesKhabar

सखुवाप्रसौनीमा भूमी आयाेगकाे अभिमुखीकरण, १ हजार २१५ जनाकाे विवरण संकलन

MadhesKhabar

Leave a Comment