Madhes Khabar
समाज हेडलाइन

पर्सामा विधुत चोरी गर्ने १२ जना पक्राउ

मधेसखबर
वीरगन्ज, १७ कार्तिक : पर्साको ग्रामीण भेगमा विद्युत चोरी गरि उपभोग गर्ने १२ जना पक्राउ परेका छन् । पोखरीया स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रबाट सुरक्षाकर्मी सहित खटिएको विद्युत चुहावट नियन्त्रण टोलीले विभिन्न गाँउमा पोलबाट सिधै तार हुकिङ गरि विद्युत चोरी गर्ने १२ जनालाई पक्राउ गरेको वितरण केन्द्र प्रमुख जगन्नाथ झाले जानकारी दिए ।

शीवबर्वा गाँउबाट २ जना , मुडली गाँउबाट ३ जना , भेडिअर्वा गाँउबाट २ जना , मानिपुरबाट १ जना , सुरजाहाबाट १ जना , बिरन्चीबर्वा गाँउबाट १ जना ,हहिरपुरबाट १ जना र मिर्जापुरबाट १ जनालाई पक्राउ गरिएको झाले बताए ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय पोखरीयाको जिम्मा लगाएर आवश्यक कारबाही प्रकृया अगाडि बढाइएको झाले जानकारी दिए ।

Related posts

अब पनि नागरिकता विधेयक पास नभए आन्दोलन गर्ने सांसद यादवको चेतावनी

MadhesKhabar

निर्वाचन आचारसंहिता उल्लंघन गरेर भोट माग्दै मुख्यमन्त्री राउत

MadhesKhabar

बारामा लागु औषध गाजा सहित तीन जना पक्राउ

MadhesKhabar

Leave a Comment