Madhes Khabar
समाचार हेडलाइन

वीरगन्जमा ४० लाखको सामान सहित ट्रक र ट्याक्टर पक्राउ

मधेसखबर
वीरगन्ज,०३ माघ : वीरगन्जबाट प्रहरीले राजश्व छलेर भित्रयाइएका सामान सहित एउटा ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको छ ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सिया चोक स्थित सडकखण्डबाट प्रहरीले ४० लाख रुपैया मुल्यको सामान सहित ट्रक र ट्याक्टर नियन्त्रणमा लिएको हो ।

भारतबाट तस्करीको सामान बोकेर ट्रक र ट्याक्टर वीरगन्ज आउदै गरेको सूचना पाएपछि वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरीको टोली खटिएको थियो । प्रहरीको टोलीले सिर्सिया स्थित सडकखण्डमा ना ३ ख ८२३ नम्बरको मालवाहक ट्रक र बीआर ०५ जि सि ०२१५ नम्बरको ट्याक्टर रोकेर चेकजाँच गर्दा विल बिजक नभएका ४० लाख रुपैया मुल्यको लत्ताकपडा र खुद्रा सामान बरामद भएको पर्साका प्र्हरी नायब उपरिक्षक दिपक गिरिले बताए ।

बरामद सामान सहितको ट्रक मङगलबार अनुसन्धान तथा आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको जानकारी उनले दिए ।

Related posts

गढिमाई मेलाको कृषि प्रदर्शनीमा १ लाख बढीले गरे अवलोकन, १० करोडको कारोबार

MadhesKhabar

वीरगन्ज नाका ३ दिन बन्द रहने

MadhesKhabar

वीरगन्ज महानगरको अनुगमन समितिद्वारा दिनहुँ बजार अनुगमन

MadhesKhabar

Leave a Comment