बारा,२४मंसिरःबाराको बरियापुरमा लागि रहेको गढीमाई मेलामा कनेक्ट किसानले आयोजना गरेको कृषि प्रदर्शनी सोमबार सकिएको छ ।उपप्रधान तथा शहरी विकास मन्त्रीप्रकाशमान सिंहले उद्घाटन गरेको कृषि प्रदर्शनीको सोमबार जमहागढिमाई नगरपालिकाका मेयर उपेन्द्र यादवले समापन गरेका हुन् ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले गढिमाई मेलामा पहिलो पटक फरक खाले प्रदर्शनी आयोजना गर्न सफल भएकोमा कनेक्टकिसानलाई धन्यवाद ज्ञापन गरे।प्रदर्शनीका कारण कृषकहरुले नयाँविषयवस्तु बुझ्ने र अवलोकन गर्ने अवसर पाउनुका साथै स्थानिय उत्पादनको प्रचार प्रसारमापनि सहयोग पुगेको उनले बताए ।
पालिकाहरुहरुको स्थानिय उत्पादन, रैथाने बालि र कृषि सम्बन्धितवस्तु तथा सेवाको प्रवद्र्धन, सातै प्रदेशको सात फरक परिकार,कृषिमा आधुनिक प्रविधि,नर्सरी तथा माछाको प्रदर्शनी, कृषि उपकरणमा विभिन्न कम्पनीका ट्रयाक्टर, रोटावेटर, हार्वेष्ट कम्पाईन तथा अन्य आवश्यक उपकरणहरु प्रदर्शनीमा राखिएका थिए ।
मंसीर १८ गतेदेखि सुरु भई आज सकिएको प्र्रदर्शनीमा करिब १ लाखले अवलोकन भ्रमण गरेको र प्रदर्शनीमा १० करोड रुपैयाँ बराबरको प्रत्यक्ष तथा बुकिङ कारोवार भएको कनेक्ट किसानका अध्यक्ष सञ्जीता लामिछानेले जानकारी दिइन् ।कृषि सम्बन्धि हेभि ईक्वीपमेन्ट, ट्राक्टर तथाअन्यउपकरणको बढि बुकिङ भएको अध्यक्ष लामिछानेले बताइन्।
प्रदर्शनीमा किसानहरुले कृषि तथा पशु सेवाका विशेषज्ञहरुसँगको प्रत्यक्ष कुराकानी र रोबोटसँगको कुराकानी विशेष आकर्षणको रुपमा रहेको थियो ।कृषि सम्बन्धि नेपाल सरकारका विभिन्न निकायहरुको सहभागिता रहेको प्रदर्शनीमा निजी क्षेत्रको समेत गरी विभिन्न १०० वटा स्टलहरु राखिएका थिए ।