Madhes Khabar
राजनीति हेडलाइन

पर्सा–१ मा जीतको ‘ह्याट्रीक’ गर्ने दाउमा पूर्वमन्त्री यादव

वीरगन्ज,७माघः२०७० सालमा भएको दोस्रो संविधान सभा निर्वाचनमा तत्कालीन पर्सा क्षेत्र नम्बर २ मा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालबाट उम्मेदवार बनेका प्रदीप यादव एमालेका उम्मेदवार विचारी यादवसंग झिनो मतान्तरले पराजित भए । तर त्यसपछि यताका संसदीय चुनावमा भने उनले कहिल्यै हार व्यहोर्नु परेन ।

२०७४ र २०७९ मा भएका दुवै निर्वाचनमा जित हात पार्दै पर्सा क्षेत्र नम्बर १ मा लगातार दुई पटक जित्ने सांसदका रुपमा उनले इतिहास नै रचे । किनकि पर्सा क्षेत्र नम्बर १ मा त्यसअघि कसैलेपनि एक पटक भन्दा बढी चुनाव जितेको इतिहास नै थिएन ।
२०७४ को प्रतिनिधि सभा निर्वाचनमा पर्सा–१ मा तत्कालीन संघीय समाजवादी पार्टीबाट उम्मेदवार बनेका यादवले नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंगटालाई ५ हजार बढी मतान्तरले पराजित गर्दै पहिलो पटक संघीय सांसद बने ।

त्यसपछि २०७९ को प्रतिनिधि सभा निर्वाचनमा पनि पर्सा–१ मै तत्कालीन जसपा नेपालबाट उम्मेदवार बनेका यादव स्वतन्त्र उम्मेदवार अजय द्धिवेदीलाई १ हजार ७ सय बढी मतान्तरले पराजित गर्दै लगातार दोस्रो पटक सांसद बन्न सफल भए ।

अब यसपालि फागुन २१ मा हुन लागेको प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेबाट चुनावी मैदानमा उत्रिएका यादवले पर्सा–१ मा लगातार तेस्रो जित हात पार्दै विजयको ‘ह्याट्रीक’ गर्ने दाउमा छन् । मंगलबार पर्सा–१ बाट उम्मेदवारी दर्ता गरे लगत्तै सञ्चारकर्मीहरुसंगको कुराकानीमा यादवले भने,‘ पर्सा–१ मा लगातार दुई पटक चुनाव जितेको कसैकोपनि इतिहास थिएन । तर मैले २०७४ र २००७९ को चुनावमा लगातार चुनाव जित्दै इतिहास रचे। यसपालि फेरि म पर्सा–१ बाटै चुनावी मैदनमा छु । यसपालिपनि जित हात पारेर जितको ह्याट्रीक मार्छु ।यसमा म ढुक्क छु।’

विगतका दुई कार्यकालमा आँफु पर्सा–१ का जनताको हरेक दुख सुखमा सदैव साथमा रहेको भन्दै उनले कामको मुल्यांकन जनताले गरेर फेरि मलाई विजयी बनाउनेमा आँफु ढुक्क रहेको बताए ।

उनले भने,‘ वीरगन्जमा खानेपानीको हाहाकार भएका बेला संयोगले म खानेपानी मन्त्री थिए । त्यसबेला यहाँका जनताको घरघरमा आँफु पुगे । मन्त्रालयका तर्फबाट प्रयाप्त बजेट ल्याएर जनताको घरघरमा पानी पुर्याए । म मन्त्री रहेकै बेला विश्व बैंकसंग पहल गरेर वीरगन्जमा खानेपानीको दीर्घकालीन समाधाानका लागि साढे चार सय करोड बढीको खानेपानी आयोजना निर्माणको प्रकृया सुरु भइसकेको छ । ’

त्यस्तै हैजाको महामारीले वीरगन्ज अक्रान्त भएका बेला महामारी रोकथाम र नियन्त्रणका लागि काठमाडौंबाट विशेषज्ञ स्वास्थ्यकर्मीको टोली वीरगन्जमा ल्याएको पनि उनले स्मरण गराए । कोरोना महामारीका बेलापनि आँफु घरभित्र नबसी जनताको घरदैलोमा पुगेको उनले दाबी गरे ।

यसपालिको निर्वाचनमा आँफु विगतको भन्दा फरक दल (नेकपा एमाले) को तर्फबाट उम्मेदवार बनेर चुनावी प्रतिस्पर्धामा उत्रिनुको कारण खुलाउँदै उनले भने,‘ संविधान,संघीयता र लोकतन्त्र रक्षाका लागि म एमालेमा प्रवेश गरेको हुँ ।राष्ट्रप्रेम र देश विकासका सवालमा केपी ओलीको चट्टानी अडानबाट प्रभावित भएर नै मैले एमाले रोजेको हुँ । एमालेमा प्रवेश गरेपनि मधेस आन्दोलनका मुद्धा मैले छोडेको छैन । र एमालेले नै मधेसका बाँकी मुद्धाको सम्बोधन गर्नसक्छ ।’

पर्सा–१ मा एमालेका यादवसंगै नेपाली कांग्रेसका अनिल रुंगटा, रास्वपाका हरि पन्त,जसपा नेपालका रामरेश प्रसाद यादव, राप्रपाका नन्दकिशोर (नन्दु ) श्रीवास्तव, उज्यालो नेपल पार्टीका रामकिशोर सिंह पराग, नेपाली कम्युनिष्ट पार्टीका अजयकुमार चौरसिया, जनमत पार्टीका ओमप्रकाश सर्राफ गरी ३० जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

 

Related posts

मंसिर ४ गते ‘बा’ हरुलाई विदा गर्नुपर्छ : रवि लामिछाने

MadhesKhabar

वीरगन्ज महानगरमा बढ्दै डेंगीका बिरामी

MadhesKhabar

पर्सा १ मा प्रदीप यादवको जनलहर : नेकपा एसका वडा अध्यक्षका प्रत्याशी सहित सयौं जसपा प्रवेश

MadhesKhabar

Leave a Comment