Madhes Khabar
राजनीति हेडलाइन

पर्सा १ मा प्रदीप यादवको जनलहर : नेकपा एसका वडा अध्यक्षका प्रत्याशी सहित सयौं जसपा प्रवेश

मधेसखबर
वीरगन्ज, १९ कार्तिक : पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिकामा अन्य दलका नेता कार्यकर्ताहरु जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गर्ने लहर चलेको छ ।

पर्सा क्षेत्र नम्बर १ मा जसपा–एमाले गठबन्धनबाट प्रतिनिधीसभा सदस्यको उम्मेदवार पूर्वमन्त्री प्रदीप यादव छन् ।
विगत पाँच वर्षमा यादवले मधेस र मधेसीका लागि सडक देखि सदन सम्म उठाएका आवाज र क्षेत्रमा गरेका नमूना विकास निर्माणका कामकै कारण यादवको लोकप्रियताले अहिले जसपामा प्रवेश गर्नेहरुको लर्को लागेको छ ।

चुनावी प्रचार प्रसारका क्रममा वीरगन्जमा दिनुह भइरहेका कार्यक्रममै काँग्रेस, माओवादी केन्द्र , नेकपा एस , नेपाल सुशासन पार्टी , जनमत पार्टी लगायतका दलका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरिरहेका हुन् ।

 

यसैक्रममा वीरगन्ज माहानगरपालिका वडा नम्बर १२ मा शनिबार पनि यादवकै पहलमा विभिन्न दलका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरेका छन् ।गत स्थानीय तहको निर्वाचनमा वीरगन्ज १२ मा नेकपा एकिकृत समाजवादीबाट वडा अध्यक्षका प्रत्याशी रहेका एंव भूतपूर्व वडा चिव राजेश्व प्रसाद साहको नेतृत्वमा १ सय भन्दा बढि नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन् ।

कार्यक्रममा प्रतिनिधीसभा सदस्यका उम्मेदवार एंव पूर्वमन्त्री यादवले नवप्रवेशीहरुलाइ अबीर टिका लगाएर पार्टीमा स्वागत गरे । उनले मधेस र मधेसीका लागि लड्ने एक मात्र दल जसपा नै भएको यथार्थ जनताले बुझिसकेकाले अन्य दलका नेता कार्यकर्ताहरु पार्टी छाडेर जसपामा प्रवेश गरिरहेको बताए । वीरगन्जमा मत्रै दिनहु अन्य दलका नेता कार्यकर्ताहरु जसपामा प्रवेश गरिरहेकाले यसले जसपालाई झन मजबुत बनाएको र आगामी निर्वाचनमा पर्सा १ मा जसपाको फराकिलो जित हुने निश्चित हुदै गएको यादवले बताए ।

कार्यक्रममा नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै मधेस प्रदेशका मुख्यमन्त्री एंव पर्सा १ (ख) का प्रदेशसभा सदस्य उम्मेदवार लालबाबु राउतले दिनहु युवाहरुको पार्टी प्रवेशले जसपा झन शक्तिशाली हुदै गएको र यसको नतिजा मंसिर ४ को निर्वाचनमा देखिने बताए ।
पार्टी प्रवेश कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका पूर्व सभापति नेक महम्मद अन्सारी , जसपाका वीरगन्ज महानगर अध्यक्ष इश्वर यादव लगायतको पनि सहभागीता थियो ।

 

Related posts

हिन्दु स्वयंसेवक संघद्धारा वीरगन्जको पन्चमुखी हनुमान मन्दिरमा सामुहिक हनुमान चालिसा पाठ

MadhesKhabar

मौन अवधीको पूर्व सन्ध्यामा वीरगन्जमा ओमप्रकाश सर्राफको रोड शो

MadhesKhabar

वीरगन्ज महानगर २३ मा पुन एमालेका कुशवाहा निर्वाचित

MadhesKhabar

Leave a Comment