Madhes Khabar
राजनीति

जनताबाट पाइरहेको समर्थनले झन् उत्साहित भएको छु : डाक्टर मधु गुप्ता

मधेसखबर
वीरगन्ज,२८ असोज : पर्सा क्षेत्र नम्बर ३ को (ख) मा जसपाकी उम्मेदवार डाक्टर मधु गुप्ताले जनताबाट पाइरहेको समर्थनले आफुलाई थप उत्साहित बनाएको बताएकी छन् ।

चुनावी घरदैलोका क्रममा मतदाताको घरघरमा पुग्ने क्रममा मतदाताबाट पाइरहेको समर्थन ले आफुलाई थप उत्साहित बनाएको गुप्ताको भनाइ छ । उनले आफु प्रति जनलहर पनि बढ्दै गएकाले जित सुनिश्चित हुदै गएको पनि दाबी गरेकी छन् ।

शुक्रबार पर्साको बिन्दबासिनी गाउँपालिकाको अमरपट्टि , झौवा, मधवल र ईटियाहिमा पुग्दा त्यहाका मतदाताले आफुलाई मत दिने वाचा नै गरेको डाक्टर गुप्ताले बताइन् । आफुले स्वास्थ्यमा विज्ञता हासिल गरेको र युवा जोश पनि भएको व्यक्ति भएकोले मतदाताले आफुलाई नै मत दिने बताएको गुप्ताको भनाइ छ ।

समाजलाई अगाडी बढाउन शिक्षित र विज्ञता भएको व्यक्तिको खाचो भएको भन्दै मतदाताहरुले त्यसका लागि उपयुक्त पात्र आफु र्नै भएको बताइरहेको गुप्ताले जानकारी दिइन् ।

Related posts

उपेन्द्र यादवको हैकमवादी शैलीका कारण पार्टी फुटाउनु परेको हो :खानेपानी मन्त्री यादव

MadhesKhabar

वीरगन्ज महानगरका ३२ वटै वडामा एमालेले चुनाव जित्ने गरी लाग्न मन्त्री गुप्ताको निर्देशन

MadhesKhabar

केपी ओली र रमेश लेखकलाई सरकारले पक्राउ नगरे देशभर आन्दोलन गर्ने सुदन गुरुङको चेतावनी

MadhesKhabar

Leave a Comment