Madhes Khabar
राजनीति

वीरगन्ज महानगरका ३२ वटै वडामा एमालेले चुनाव जित्ने गरी लाग्न मन्त्री गुप्ताको निर्देशन

वीरगन्ज,२९चैतः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले राजावादीको नाममा काठमाडौंमा गराइएको घटनाले मुलुकलाई अस्थिरताको बाटोमा लैजान अनेक खालका षडयन्त्रहरु भइरहेको बताएका छन् ।

नेकपा एमालेको वीरगन्ज महानगरपालिका नगर कमिटिमको दोश्रो अधिवेशनको उद्घाटन गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका मन्त्री गुप्ताले देशलाई स्थिरता र सुशासन दिनकै लागि देशका दुई ठूला राजनीतिक दल कांग्रेस र एमालेको संयुक्त सरकार बबनाउनु परेको बताए ।

अहिलेको सरकारले मुलुकलाई स्थिरताको बाटोमा लगेको बताउँदै उनले मुलुकलाई अस्थिरतामा लान खोज्ने गतिविधि हुन् थालेको बताए । मुलुकलाई अस्थिरतामा लैजान जति प्रयास गरिए पनि त्यो सफल हुन नसक्ने उनको दाबी थियो ।

मन्त्री गुप्ताले एमाले राष्ट्रिय शक्ति बन्यो भने मात्र देशमा आमूल परिवर्तन गर्न सकिने बताए । २०८४ मा हुने निर्वाचनमा बहुमत ल्याएपछि एमाले निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबीपनि उनले गरे ।

‘जहिलेसम्म एमाले निर्णायक राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन सक्दैन । त्यसबेलासम्म यो देशका समस्या समाधान गर्न सकिँदैन, राष्ट्रियताको समस्या समाधान गर्न सकिँदैन, राष्ट्रिय स्वाभिमानका मुद्दाहरु प्रभावकारी ढंगले उठाउन सकिदैन,’ उनले भने ।

देशलाई सही दिशामा अगाडि बढाउने अभियान साकार पार्न पार्टी कमिटीलाई तल्लो तहदेखिनै सुदृढ बनाउनुपर्नेमा उनको जोड थियो ।उनले आगामी निर्वाचनमा वीरगन्ज महानगरपालिका ३२ वटै वडामा जित्नेगरी तयारी गर्न एमाले नेता कार्यकर्तालाई निर्देशनपनि दिए ।

Related posts

ट्रेड युनियन कांग्रेस पर्साकाे अध्यक्षमा पुन छाेटेलाल प्रसाद चयन

MadhesKhabar

मतदातासंग भोट माग्दै अजय चौरसियाले भने : काँग्रेसलाई जिताउनु देशकै आवश्यकता हो

MadhesKhabar

नागरिकता विधेयक राष्ट्रपतिले तत्काल प्रमाणीकरण गर्नुपर्छ : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment