काठमाडौं,१वैशाखः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ वर्ष २०८३ को अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै समृद्ध नेपाल निर्माणका लागि अनुभव र युवाशक्तिबीच सहकार्य अपरिहार्य रहेको बताएका छन्।
मंगलबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले वर्ष २०८२ अब इतिहास बनिसकेको उल्लेख गरेका छन्। उनले विगतका सफलता र विफलता, अवसर र चुनौती तथा कमजोरी र उपलब्धिबाट पाठ सिक्दै अघि बढ्नुपर्नेमा जोड दिएका छन्।
उनले लेखेका छन्,‘सफलता या विफलता, अवसर या चुनौती, कमजोरी होउन् वा उपलब्धि–२०८२ अब इतिहास भयो। इतिहासको समीक्षा गर्दै र भविष्यलाई नियाल्दै, नयाँ वर्ष २०८३ ले सुरक्षित र समृद्ध नेपालका लागि ’पाको अनुभव’ र ’नवयुवा ऊर्जा’ बीचको एक सार्थक ’सिनर्जी’ सिर्जना गरोस्।नयाँ वर्ष २०८३ को सबैमा हार्दिक शुभकामना!’

