Madhes Khabar
राजनीति हेडलाइन

समावेशी नेतृत्वतर्फ बढ्दो भरोसा, रमेश रिजाललाई मुस्लिम समुदायको बलियो साथ


वीरगंज २७,माघःपर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार रमेश रिजालप्रति मुस्लिम समुदायको समर्थन र आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिएको छ। घरदैलो अभियानका क्रममा मुस्लिम समुदायले उम्मेदवार रिजाललाई आत्मीय स्वागत गर्दै आगामी निर्वाचनमा साथ दिने संकेत दिएका छन्।

मुस्लिम समुदायको उल्लेख्य बसोबास रहेको जगरनाथपुर गाउँपालिका वडा नम्बर १ र २ अन्तर्गत पर्ने पाँडेपुर र पिडारी लगायतका क्षेत्र नम्बर ४ का अन्य क्षेहरुत्रमा पनि आयोजित घरदैलो कार्यक्रममा स्थानीयहरूले रिजाललाई सम्मानपूर्वक स्वागत गर्दै समर्थनको प्रतिबद्धता व्यक्त गरेका हुन्।


स्थानीय मतदाताहरूका अनुसार पूर्व मन्त्री तथा निर्वतमान सांसद समेत रहेका रिजालको सरल स्वभाव, मिलनसार व्यक्तित्व र जनतासँगको निकट सम्बन्धका कारण सबै समुदायमा भरोसा बढ्दै गएको छ। मुस्लिम समुदायका अगुवाहरूले रिजाललाई सबै वर्ग र समुदायलाई समान सम्मान गर्ने, समस्या बुझ्ने र समावेशी विकासको पक्षमा उभिने नेताका रूपमा चित्रण समेत गरेका छन्।

घरदैलो तथा जनसम्पर्क अभियानमार्फत उम्मेदवार रिजालले शिक्षा, स्वास्थ्य, रोजगारी, पूर्वाधार विकास र सामाजिक सद्भावलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाउँदै आएका छन्। पर्सा–४ मा मुस्लिम समुदाय सहित विभिन्न वर्ग र समुदायबाट बढ्दो समर्थनले रिजालको चुनावी अभियानलाई थप बलियो बनाउँदै लगेको छ भने आगामी निर्वाचनको प्रतिस्पर्धा अझ रोचक बन्दै गएको छ।

Related posts

पर्सा–२ का कांग्रेस उम्मेदवार चौरसियाले भने : कांग्रेसको शक्ति भनेकै जनता र पार्टीका कार्यकर्ता हुन्

MadhesKhabar

सिम्रौनगढका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर

MadhesKhabar

सरस्वती पुजाको नाममा चन्दा नलिन र लिएको भए तत्काल फिर्ता गर्न निजी विधालयलाई वीरगन्ज महानगरको निर्देशन

MadhesKhabar

Leave a Comment