Madhes Khabar
राजनीति

कांग्रेसमा रुपान्तरण पक्षधर नेताहरुले वीरगन्ज आएर भने : नेतृत्व सच्चिएन भने परिवर्तन गर्छाै

वीरगन्ज ,१०जेष्ठ : नेपाली कांग्रेसका युवा नेताहरुले पार्टीभित्र सुरु गर्न लागेकाे रुपान्तरण अभियान अन्तरगत बुधबार पर्साका नेता कार्यकर्ताहरुसंग भेटेर छलफल गरेका छन् ।

वीरगन्जस्थित पार्टी कार्यालयमा भएकाे भेटघाट कार्यक्रममा रुपान्तरण अभियान थालेका कांग्रेस नेताहरु मधु आचार्य , जगदीश नरसिंह केसी , विष्णु पाण्डे लगायतले पर्साका नेता कार्यकर्ताहरुसंग छलफल गरेका हुन् ।

कार्यक्रममा नेताहरुले पार्टी नेतृत्वमा देखिएकाे स्वेच्छाचारिता, उपनिर्वाचनमा पार्टीले भाेगेकाे पराजय, गठबन्धनको राजनीतिले कार्यकर्तामा देखिएकाे उदाशीनता, भ्रष्टाचार काण्डमा पार्टीका नेताहरुनै मुछिएकाे घटनाले भइरहेकाे बदनामी लगायतबारे जानकारी गराए ।

यीनै सबै कारणले पार्टीमा रुपान्तरणकाे आवश्यकता भएकाले रुपान्तरणका लागि माहाैल तयार पार्न बिहिवार जनकपुरमा केन्द्रीय नेताहरुकाे उपस्थितिमा भेला गर्न लागिएको नेता जगदीश नरसिंह केसीले बताए । उनले पार्टी नेतृत्वको असक्षमताका कारण पार्टीलाई ठूलाे क्षति पुगेकाेपनि बताए ।

कार्यक्रममा कांग्रेस नेतृ विष्णु पाण्डेले कांग्रेस पार्टी कसैकाे पेवा नभएकाे भन्दै पार्टीलाई धराशायी बनाउँदै जाने छुट कसैलाईपनि नभएकाे बताइन् ।अबपनि पार्टी नेतृत्व नसच्चिने हाे भने रुपान्तरण अभियानले नेतृत्व परिवर्तन गर्न पछि नहट्ने चेतावनीसमेत उनले दिइन् ।

कार्यक्रममा नेता धर्मेन्द्र नेम्वाङले काठमाडौंमा जेष्ठ १६ गते रुपान्तरण पक्षधरहरुकाे भेला हुने जानकारी गराए । त्यसपछि सातवटै प्रदेशमापनि उक्त भेला आयाेजना गरिने पनि उनले बताए ।

कार्यक्रममा कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी ,प्रदेश क्षेत्रीय सभापति अनिल सिंह, नेताहरु हुकुम सिंह, दिलिपराज कार्की, हरेन्द्र यादव, सुरेन्द्र लामिछाने , काेपिला कँडेल, रवि चाैरसिया, मनाेहर साह लगायतकाे सहभागीता थियाे ।

काठमाडौंबाट आएकाे कांग्रेस नेताहरुकाे उक्त टाेलीले बुधबार नै कांग्रेस पर्साका पुर्व सभापति राजेन्द्र बहादुर अमात्यसंगपनि भेटघाट गरेकाे कांग्रेसका युवा नेता दिलिपराज कार्कीले जानकारी दिए ।

Related posts

जनमत पार्टीले छाड्याे सरकार

MadhesKhabar

सुदूरपश्चिमबाट एमालेलाई धक्का लाग्न सुरु भएको छ : माधव नेपाल

MadhesKhabar

पर्सेली जनता “छाता छापमा” मतदान गर्न आतुर छन् : मन्त्री यादव

MadhesKhabar

Leave a Comment