Madhes Khabar
राजनीति

बारा २ मा मतगणना बिहान ११ बजेदेखि सुरु हुने

बारा,११ बैशाख :बारा क्षेत्र नं. २ मा आइतवार भएको उपनिर्वाचनकाे मतगणना अहिले बिहान ११ बजेदेखि सुरु गर्ने सहमति भएकाे छ ।

कलैयाकाे गंगापुर स्थित शिक्षा तालिम केन्द्र स्थित मतगणनास्थलमा साेमबार बिहान बसेकाे सर्वदलीय बैठकले मतगणना बिहान ११ बजेदेखि सुरु गर्ने सहमति गरेकाे मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए ।

बैठकले मतगणना हुने काेठामा ३४ जना उम्मेदवारका २/२ जना प्रतिनिधि बस्न पाउने सहमति पनि गरेकाे बैठकमा सहभागी एमाले नेतृ एंव पुर्वमन्त्री ज्वाला साहले जानकारी दिए ।

बारा २ मा आइतबार भएकाे निर्वाचनमा ६८ हजार ८ सय ८७ मत खसेकाे थियाे ।

Related posts

कांग्रेस नेता रिजालको प्रशंसा गर्दै एमालेका पाण्डेय भन्छन् : पर्साका अन्य नेताले पनि रमेश दाईको अनुसरण गरुन्

MadhesKhabar

कांग्रेस बैठक : बालकृष्ण खाणलाई पार्टी सदस्यबाट निलम्बन गर्न माग

MadhesKhabar

हार्ने डरले अत्तालिएका दलालहरुले जातियताको कुरा उठाइरहेका छन् : उपेन्द्र यादव

MadhesKhabar

Leave a Comment