Madhes Khabar
मधेस प्रदेश

महाेत्तरीमा एमाले र माओवादी बिच झडप, पाँच घाइते

मधेसखबर
वीरगन्ज ,०२ मंसिर : महोत्तरीमा नेकपा माओवादी केन्द्र र नेकपा एमालेका कार्यकर्ताहरु बीच झडप भएको छ ।

महोत्तरीको रामगोपालपुर नगरपालिकाबाट मदिरा सेवन गरेर सम्सी पुगेका एमालेका कार्यकर्ताले आक्रमण गरेको स्थानीयले बताएका छन् ।

स्थानीय रामभुषण साहका अनुसार एमाले कार्यकर्ताको कुटाइबाट पाँच जना घाइते भएका छन् । ‘मदिरा सेवन गरेका युवाहरुले भोट एमालेलाई नै हाल्नुपर्ने धम्की गर्दै आक्रमण गरे,’ पीडित अनिल मण्डलले भने ।

आक्रमणमा परी घाइते हुनेमा अनिल मण्डल, रामदरेस मण्डल, रामदुलारी मण्डल, राधिका मण्डल, रायवीर मण्डल छन् । उनीहरुमध्ये एकजनाको भारतको सीतामाढी र अन्य चारजनाको रामगोपालपुरको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

रामगोपालपुरका विजय यादव, रामवली यादव, अनिल यादव र रामो यादवको नेतृत्वमा झन्डै ४० जना युवा सम्सीको लक्ष्मीनिया प्रवेश गरेर कुटपिट गरेको स्थानीयको भनाइ छ ।

एमाले जिल्ला इन्चार्ज सरोज यादवले घटनाको विषयमा आफूलाई जानकारी नभएको बताए । माओवादीले भने घटनाको भत्सर्ना गरेको छ । माओवादीका जिल्ला इन्चार्ज राजु खड्काले घटना निन्दनीय भएको वताए । ‘आक्रमण जसले गरे पनि पनि दोषीउपर छानबिन होस्,’ उनले भने ।

Related posts

प्रेस युनियन रौतहटकाे जिल्ला भेला सम्पन्न, अक्षयकोष स्थापना

MadhesKhabar

वकिलहरुलाई कारबाहीको माग गर्दै जनकपुरमा पत्रकारहरूको धर्ना

MadhesKhabar

मधेस प्रदेशमा तत्काल ५०० वटा ’डीप बोरिङ’ जडान गर्ने प्रधानमन्त्री ओलीको घोषणा

MadhesKhabar

Leave a Comment