Madhes Khabar
मधेस प्रदेश

ग्यास बिक्रेता संघका अध्यक्षको स्टोरमा प्रहरीको छापा, १३१ सिलिन्डर बरामद

जनकपुरधाम,३१ साउन: धनुषा ग्यास बिक्रेता संघका अध्यक्ष तथा जनकपुर उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष फूलदेव पण्डितले लुकाएर राखेको भनिएको ग्यास स्टोरमा प्रहरीले छापा मारेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक अरविन्द साहको नेतृत्वमा प्रहरीले छापा मार्दा स्टोरबाट विभिन्न ब्रान्डका १३१ थान ग्यास सिलिन्डर फेला पारेको हो।

प्रहरीका अनुसार पण्डितले सिलिन्डर लुकाएर राखी महँगो दरमा बिक्री गर्दै आएको सूचनाका आधारमा स्टोरमा छापा मारिएको हो।

बरामद सिलिन्डरको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।साभार:नेपालप्रेस

Related posts

रौतहटमा अवैध काठ बरामद र वन अतिक्रमण राेक्ने अभियान तिब्र 

MadhesKhabar

मधेस प्रदेशमा भोलि सार्वजनिक विदा

MadhesKhabar

गरुडामा झडप हुदाँ ११ राउन्ड हवाइ फायर, प्रहरी सहित सात जना घाइते

MadhesKhabar

Leave a Comment