Madhes Khabar
मधेस प्रदेश

मधेस : एमालेका सांसद ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं,२७जेठ:नेकपा(एमाले)का मधेस प्रदेशका सांसद दीपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अस्पताल निर्माणमा अनियमिता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको अभियोग उनीमाथि छ । नगरपालिकाका कर्मचारीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेकाे हाे ।

ठाकुर धनुषाको क्षेत्र नम्बर ३(ख)बाट प्रदेश सांसदमा निर्वाचित भएका हुन्। मुद्दा दायर भएसँगै ठाकुरको सांसद पद स्वत निलम्बनमा परेको छ।

Related posts

गाैरमा जमिनमा गाडेर लुकाइएकाे गाजा बरामद

MadhesKhabar

बारा ४ (ख) को प्रदेशसभा सदस्यमा सोनल पुन निर्वाचित

MadhesKhabar

मधेसी शहिदकाे अपमान नगर्न प्रधानमन्त्री प्रचण्डलाई कांग्रेसको चेतावनी

MadhesKhabar

Leave a Comment