काठमाडौं,२७जेठ:नेकपा(एमाले)का मधेस प्रदेशका सांसद दीपेन्द्र कुमार ठाकुरविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अस्पताल निर्माणमा अनियमिता गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
धनुषाको औरही नगरपालिकामा अस्पताल निर्माणका क्रममा अनियमितता गरेको अभियोग उनीमाथि छ । नगरपालिकाका कर्मचारीलाई समेत प्रतिवादी बनाएर अख्तियारले मुद्दा दायर गरेकाे हाे ।
ठाकुर धनुषाको क्षेत्र नम्बर ३(ख)बाट प्रदेश सांसदमा निर्वाचित भएका हुन्। मुद्दा दायर भएसँगै ठाकुरको सांसद पद स्वत निलम्बनमा परेको छ।