Madhes Khabar
मधेस प्रदेश

अफताब आलमविरुद्धकाे मुद्दामा १५ दिनभित्र ‘बहस नोट’ पेस गर्न अदालतकाे आदेश

काठमाडौं,२२कार्तिक:संविधान सभा निर्वाचनको पूर्व सन्ध्यामा २०६४ चैत २७ मा रौतहटको राजपुरमा भएको बम विस्फोट घटनामा मुछिएका तत्कालीन सांसद एवं नेपाली काँग्रेसका नेता महम्मद आफताव आलमविरुद्धको मुद्दामा रौतहट जिल्ला अदालतले ‘बहस नोट’ पेस गर्ने आदेश दिएको छ।

मुद्दाका वादी र प्रतिवादी गरी दुवैतर्फको बहस सकिएपछि बुधबार जिल्ला अदालतका न्यायाधीश बाबुकाजी बानियाँको एकल इजलासले १५ दिनभित्र ‘बहस नोट’ पेस गर्न आदेश दिएको हो।

जिल्ला अदालत रौतहटका श्रेष्तेदार उद्धव ढोडारीका अनुसार मुद्दाको गम्भीरता समेतलाई विचार गर्दा वादी नेपाल सरकारको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय गौर रौतहट, जाहेरवाला कानुन व्यवसायीलाई लिखत नोट पेस गर्न १५ दिनको समयावधि दिइएको हो।

मंगलबारदेखि दुई दिन चलेको बहसमा वादी नेपाल सरकारको तर्फबाट सरकारी वकिल बद्रीकुमार कार्की, सहायक सरकारी वकिलद्वय दयानिधि रिजाल र विजय महतो तथा जाहेरवालाको तर्फबाट पुष्प पौडेलले बहस गरेका थिए भने प्रतिवादी आलमको तर्फबाट साबिर हुसैन, संजिव मल्लिक, आफताव आलम, अनन्त कोइराला, अतिकुर रहमान, लालबाबु यादव सहितका अधिवक्ताहरुले बहस गरेका थिए।

बुधबार दिउँसोसम्म बहस सकिएपछि न्यायाधीश बानियाँको एकल इजलासले सो आदेश दिएको श्रेष्तेदार ढोडारीले जानकारी दिए।

२०६४ चैतको घटनामा आलमलाई २०७६ असोज २६ गते पक्राउ गरिएको थियो। जिल्ला सरकारी वकिलको कार्यालय रौतहट गौरले २०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालत गौरमा आलमसहित ११ जनाविरुद्ध मुद्दा दायर गरेकाे थियो।

३२ वर्ष कैद सजाय माग दाबीसहित अदालतमा आलमविरुद्ध तीन ओटा मुद्दा चलाइएको छ। मुद्दाको बहस र सुनुवाइबाट रौतहट जिल्ला अदालत गौरका तत्कालीन माननीय न्यायाधीश दीपक ढकालको एकल इजलासले मुद्दाको टुंगो नलागेसम्मका लागि कात्तिक २९ गते जेल चलान गर्ने आदेश दिएको थियाे।

पूर्व मन्त्री आलम गत करिब चार वर्षदेखि केन्द्रीय कारागारमा कैदीसरह जीवन व्यतीत गरिरहेका छन्।साभार:नागरिकबाट

Related posts

बाराको महागढीमाइमा काँग्रेसको बिरासत जोगियो , मेयर र उपमेयरमा काँग्रेस विजयी

MadhesKhabar

मधेसमा ६४ वटा सडकको एकसाथ प्रधानमन्त्री ओलीले गरे शिलान्यास

MadhesKhabar

‘बेटी पढाऊँ, बेटी बचाऊँ’ कार्यक्रम अन्तर्गत २० हजारभन्दा बढी छोरीको बिमा अन्योलमा

MadhesKhabar

Leave a Comment