Madhes Khabar
मधेस प्रदेश

ट्रकको ठक्करबाट एक जनाकाे मृत्युु

मधेसखबर
वीरगन्ज ,२७ भदौं: पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँरोडमा सोमबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सिरहाकाे मिर्चैयाबाट हेटौंडाका लागि छुटेको ना ८ ख ८२६७ नम्वरको गहुँ लोड भएको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–९ निवासी ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको हो । रायमाझी मर्निङवाकका लागि सडकमा निस्किएका थिए ।

साेमबार बिहान ४ बजेतिर भएको दुर्घटनामा रायमाझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइसकिएको हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले बताए ।ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेकाे उनले बताए ।

Related posts

मधेसमा बस्ने मानिसको औसत आयु ७१.८ बर्ष

MadhesKhabar

विरुवा रोप्दै वन मन्त्री यादवले भने : वृक्षारोपण गरौ वातावरण जोगाऔं

MadhesKhabar

मधेस प्रदेश लागूऔषधको ‘अखाडा’

MadhesKhabar

Leave a Comment