Madhes Khabar
मधेस प्रदेश

ट्रकको ठक्करबाट एक जनाकाे मृत्युु

मधेसखबर
वीरगन्ज ,२७ भदौं: पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको हरिवन नगरपालिका–१०, नयाँरोडमा सोमबार बिहान ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

सिरहाकाे मिर्चैयाबाट हेटौंडाका लागि छुटेको ना ८ ख ८२६७ नम्वरको गहुँ लोड भएको ट्रकले ठक्कर दिँदा हरिवन नगरपालिका–९ निवासी ५० वर्षीय रामचन्द्र रायमाझीको मृत्यु भएको हो । रायमाझी मर्निङवाकका लागि सडकमा निस्किएका थिए ।

साेमबार बिहान ४ बजेतिर भएको दुर्घटनामा रायमाझीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइसकिएको हरिवनका प्रहरी निरीक्षक मुकेश ताम्राकारले बताए ।ट्रकका चालक प्रहरी नियन्त्रणमा रहेकाे उनले बताए ।

Related posts

८६ हजार विद्यार्थीलाई झोला वितरण गर्दै मधेस सरकार

MadhesKhabar

मधेस सरकारको बजेट खर्च २० प्रतिशतमात्रै

MadhesKhabar

मधेसमा विद्यमान खानेपानी समस्याकाे दीर्घकालीन समाधानका लागि मन्त्री यादव र मुख्यमन्त्री सिंहबीच छलफल

MadhesKhabar

Leave a Comment