Madhes Khabar
मधेस प्रदेश

८६ हजार विद्यार्थीलाई झोला वितरण गर्दै मधेस सरकार

जनकपुर,४चैत :मधेस सरकारले प्रदेशभरिका ८६ हजारभन्दा बढी विद्यार्थीलाई झोला वितरण गरिरहेको छ ।

शिक्षा विकास निर्देशनालयमार्फत पर्सा सहित आठवटै जिल्लाको सामुदायिक विद्यालयको कक्षा ९ मा अध्ययनरत्त ८६ हजार ५२३ विद्यार्थीलाई एउटा ज्योमेट्रीबक्ससहित झोला वितरण थालेका हो ।

मधेस प्रदेशको नामाकरण भएपछि आठवटै जिल्लाको गल्लीगल्ली घरघरमा ‘मधेस प्रदेश’ नाम प्रचार, मधेश सरकारको अनुभूति तथा विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले झोला वितरण गरिरहेको निर्देशनालयका निर्देशक चुडामणि फुयालले जानकारी दिए ।

‘मधेस प्रदेश नामाकरण भएपछि सो अवसरमा केही गरेर संदेश दिनु पर्‍यो भन्ने मधेश सरकारको सोच थियो । पछि झोला वितरण गरेर नै मधेश प्रदेशको प्रचारप्रसार उपयुक्त र विद्यार्थीलाई प्रोत्साह पनि हुन्छ ठानेर चलु आर्थिक वर्षको लागि सरकारले ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको थियो,’ निर्देशक फुयालले भने, ‘त्यही अनुासर खरिद गरेर कक्षा ९ का विद्यार्थीलाई वितरण गर्दै छौं ।’

गत फागुन २८ गतेबाट सुरु भएको झोला वितरण गर्ने काम हालसम्म सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाही गरी पाँचवटा जिल्लाको ४६१ विद्यालयको ५६ हजार १६६ विद्यार्थीलाई झोला वितरण गरिसकिएको छ ।साभार:अनलाइन

Related posts

नागरिकता बिधेयक फिर्ता गरेको बिरोधमा धनुषामा प्रदर्शन

MadhesKhabar

मधेस आन्दोलनकै कारण मधेसीले नेपाली नागरिकको सम्मान पाएका हुन् : उपेन्द्र

MadhesKhabar

आचार संहिता मिचेर चुनाव प्रचारमा भारतीय गाडीको प्रयोग

MadhesKhabar

Leave a Comment