Madhes Khabar
समाचार

बारामा टिपरको ठक्करबाट एक शिक्षकको मृत्यु

बारा,२० भदौंः पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको दुधौरा–पिलुवा सडकको बीचमा शनिबार दिउँसो टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवा घर भएका ५२ वर्षीय देवबहादुर चौरेल रहेका छन् ।

चौरेल बाराको कलैया उपमहानगरपालिका–२४ मनहर्वास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक रहेको बताइएको छछ ।

पिलुवाबाट प्र.२–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकल चलाएर पथलैयातर्फ आउँदै गरेका चौरेललाई निजगढतर्फ जाँदै गरेको ना १अ यु १३४ नम्बर लेखिएको टिपरले बैजुरा पुलमा ठक्कर दिएको थियो । घटनालगत्तै चौरेललाई गण्डकस्थित वीरगन्जको बयोधा मेडिसिटी अस्पताल ल्याइएपनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।प्रहरीले चालकसहित टिपरलाई नियन्त्रणमा लिएको छ ।

Related posts

वीरगन्जमा उपमेयरको पुन चुनाव गराउन माग

MadhesKhabar

रास्वपा सभापति रवि लामिछाने अस्पतालमा भर्ना ,तत्काल सार्वजनिक कार्यक्रममा देखा नपर्ने

MadhesKhabar

वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

MadhesKhabar

Leave a Comment