Madhes Khabar
समाचार

वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

वीरगन्ज,१७असारःवीरगन्जका विभिन्न स्थानबाट प्रहरीले श्रोत खुल्न नसकेको २८ लाख बढी नगद रकमसहित तीन जनालाई पक्राउ गरेको छ ।

प्रहरीले पर्साका २ जना बाराका एक जना गरी ३ जनालाई श्रोत खुल्न नसकेको २८ लाख २८ हजार रुपैयाँसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना हुण्डी कारोबारीहरु रहेको प्रहरीले जनाएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर १० मकालु चोकबाट पर्साको पकाहामैनपुर गाँउपालिका वडा नम्बर २ का २६ वर्षीय अनिल कुमार बर्णवाललाई ९ लाख ४७ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरी उपरीक्षक किशोर लम्सालले बताए ।

यस्तै वीरगन्ज महानगरपालिका वडा नम्बर ८ लिंकरोडबाट वीरगन्ज–३ आदर्शटोलका २३ वर्षीय विनित श्रीवास्तवलाई १५ लाख ८१ हजार रुपैयाँका साथ र वीरगन्ज –१६ बाट बाराको परवानीपुर गाँउपालिका –४ का ४४ वर्षीय दिपक कुमारलाई ३ लाख रुपैयाँ सहित त्रफाउ गरिएको लम्सालले जानकारी दिए ।

उनिहरुबाट बरामद रकमको श्रोत खुल्न नसकेको र उक्त रकम हुण्डी कारोबारको रहेकाले रकमसहित तीनै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको लम्सालले बताए ।

Related posts

नागरिकले सहज रुपमा खानेपानीको प्रयोग गर्न सक्ने गरी काम गरौँ : मन्त्री यादव

MadhesKhabar

प्रदेश सभा सदस्य कुर्मीद्वारा विवाह भवनको उदघाटन

MadhesKhabar

जेनजी आन्दोलनका क्रममा लुटिएको पेस्तोल र पेस्तोलमा लाग्ने गोलि सहित एक युवक पक्राउ

MadhesKhabar

Leave a Comment