Madhes Khabar
समाचार

वीरगन्जबाट जाँदै गरेको कन्टेनर चुरियामाईमा पल्टिदा राजमार्ग अवरुद्ध

मकवानपुर,१३मंसिरःमकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ नम्बर वडाको चुरियामाईमा लहरी गाडी पल्टिएको छ । बिहीबार पूर्व पश्चिम राजमार्गमा वीरगन्जबाट काठमाडौंतर्फ जाँँदै गरेको प्र२–०३–००१ख ६७३८ नम्बरको मोबिल बोकेको कन्टेनर लोड लहरी अनियन्त्रित भई सडकमा पल्टेको हो।

गाडी चालक मकवानपुरको मनहरी–६ का ३० वर्षीय महेश मोक्तान घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । घाइते मोक्तानलाई उपचारको लागि हेटौंडा अस्पताल पठाइएको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
यस्तै प्रहरीका अनुसार अवरुद्ध रहेको सडक प्रहरी परिचालन गरी क्रेनको सहयताले खुलाउने प्रयास भइरहेको छ।साभार : ईकान्तिपुर

Related posts

‘जेल फर्किन्छु’ भन्दै नख्खु कारागार पुगेका रवि लामिछाने घर फर्किए

MadhesKhabar

सवारी दुर्घटना रोक्न स्पीड ब्रेकर निर्माण गर्ने राधेमाइका युवाहरुको निर्णय

MadhesKhabar

बाराको अमलेखगन्जमा २ सय ३६ किलो गाँजासहित ट्रक र चालक पक्राउ

MadhesKhabar

Leave a Comment