बारा,६असोजःबाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखञ्जबाट प्रहरीले ठूलो परिमाणमा लागू औषध गाँजासहित एक जनालाई पक्राउ गरेको छ ।
मकवानपुरबाट वीरगन्ज आउँदै गरेको मालवाहक ट्रकबाट प्रहरीले २ सय ३६ किलो ७५० ग्राम गाँजासहित उक्त ट्रकका चालक मकवानपुरको कैलाश नगरपालिका–१० का ३८ वर्षीय रमेश रुम्बा पक्राउ परेका हुन् । अमलेखगञ्जस्थित ईलाका प्रहरी कार्यालय अगाडिको राजमार्गमा सोमबार नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले मकवानपुरबाट वीरगन्जतर्फ आउँदै गरेको बा २ ख ९५६९ नम्बरको मिनि ट्रकलाई रोकेर चेकजाँच गर्दा गाँजा फेला परेको हो।
ट्रकको छतमाथि फल्स बटम बनाई त्रिपालले छोपेर लुकाइएर राखिएको २८ वटा पोकामा रहेको २३६ किलो ७५० ग्राम गाँजा प्रहरीले बरामद गरेको हो ।गाँजा फेलापरेपछि उक्त ट्रक र त्यसका चालक रुम्बलाई नियन्त्रणमा लिइएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

