Madhes Khabar
समाचार

शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ

काठमाडौं,२०चैत:शंकर समूहका अध्यक्ष शंकरलाल अग्रवाल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसूरमा अनुसन्धान गर्न सम्पत्ति शुद्धीकरण विभागको आग्रहमा प्रहरीले शुक्रबार साँझ अग्रवाललाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

अग्रवाल शुक्रबार साँझ पक्राउ परेको स्रोतले बतायो । अग्रवालसँग सम्पत्ति शुद्धीकरण विभागले दिउँसो ४ बजेबाट बयान लिएर अहिले रसाँझ नेपाल प्रहरीको जिल्ला प्रहरी परीसर ललितपुरको हिरासतमा राखिएको छ ।

ललितपुर परिसरका प्रवक्ता एसपी गाैतम मिश्रले अग्रवाल परिसरकाे हिरासतमा रहेकाे मधेस खबरसंग पुष्टि गरे । ‘उहाँलाई हामीले पक्राउ गरेका होइनौं, सम्पत्ति शुद्धीकरण विभागले हिरासतमा राख्न पठाएको हो,’ उनले भने ।

Related posts

विकासे मन्त्रालयहरु मध्येमा सबै भन्दा उत्कृष्ट खानेपानी मन्त्रालय : मन्त्री यादव

MadhesKhabar

ठोरीमा मिनि ट्रक दुर्घटना हुँदा चालक घाइते

MadhesKhabar

१४७० पिस नाइट्राभेट ट्याब्लेटसहित रक्सौलका युवक वीरगन्जमा पक्राउ

MadhesKhabar

Leave a Comment